Incident Reports

ढुङ्गागिटी निकासीमा कमिसन माग्दै कर्मचारीमाथि आक्रमण कार्यालय र गाडीमा तोडफोड

2021-01-14

Province 1, Morang, Miklajung, Ward 9

विराटनगर/ढुङ्गागिटी निकासीमा कमिसन माग्दै एउटा समूहले मिक्लाजुङ गाउँपालिका–९ मधुमल्लामा रहेको बी एन्ड बी कन्सट्रक्सन प्रालिका कर्मचारी र मजदुरमाथि आक्रमण गरेका छन् । रातको समयमा मदिरा सेवन गरेर पुगेका स्थानीय युवाहरुले कर्मचारीथि आक्रमण गरेका हुन् । घटना बिहीबार रातिको हो । प्रहरीका अनुसार राति ११ बजेतिर मदिरा सेवन गरेर युवाहरु स्थानीय टीकाराम गिरीको घरमा सञ्चालन गरिएको कन्सट्रक्सनको कार्यालयमा पुगेका थिए ।

त्यस क्रममा कन्सट्रक्सनका मजदुर र कर्मचारीसँग भनाभन हुनसाथ १०/१२ जनाको सङ्ख्यामा रहेका उनीहरुले आक्रमण सुरु गरिहालेको प्रहरीको भनाइ छ ।खोलानालाको ठेक्का लिएर काम गर्दै आएका व्यवासायी भूपाल श्रेष्ठ कन्सट्रक्सनका सञ्चालक हुन् । मिक्लाजुङ गाउँपालिकामा रहेका नुनसरी र बक्राहासहित छवटा खोलानालाको चालु आर्थिक वर्षका लागि नौ करोड रुपैयाँमा ठेक्का लिएर श्रेष्ठले कन्सट्रक्सनमार्फत् ढुुङ्गा, बालुवा र गिट्टी उत्खनन्को काम गरिरहेका छन् । प्रहरीका अनुसार श्रेष्ठले ठेक्का लिएको खोला रुँघ्न र रेखदेख गर्न केही व्यक्तिहरु मिक्लाजुङमा परिचालन गरेका थिए । तीमध्ये सात जनालाई स्थानीय टीकाराम गिरीको घरमा डेरा खोजेर राखेका थिए ।खोलाको निगरानीमा खटाइएका तिनै व्यक्तिहरुको समूहलाई आक्रमण गर्न स्थानीय युवा पुगेपछि घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनुसार बाहिरबाट आएका युवाले कन्सट्रक्सनको कार्यालय रहेको गिरीको घर तोडफोड पनि गरेका छन् । तोडफोडबाट घरका ढोका, झ्याल, सिसाहरु र विभिन्न सामग्रीमा क्षति पुगेको छ । घर वरपर रहेका केही सामान पनि तोडफोड गरेर ती युवा फरार भएको प्रहरीले जनाएको छ । 

घटनामा कन्सट्रक्सनका कर्मचारी र मजदुरहरु राजकुमार याक्खा, जीवन गुरुङ, सन्दीप रसाइली, सुजन गुरुङलगायत सामान्य घाइते भएको जानकारी प्रहरीले दिएको छ ।

अर्कोतर्फका युवाहरुसमेत घटना घाइते भएको बताइए पनि उनीहरु फरार रहेको र पक्राउ नपरेका कारण वास्तविकता पत्ता नलागेको एसपी खड्काले बताए ।

घटना थाहा पाएर ठेकेदार पक्षका केही व्यक्तिहरु पनि घटनास्थलमा पुगेका थिए । त्यसक्रममा तत्काल फरार बनेका युवाहरुले प्रदेश १–०२–००२ च ४१९७ नम्बरको स्कोरपिओ गाडीमा पनि तोडफोड गरेको प्रहरीले जनाएको छ । ठेकेदार श्रेष्ठका भाइ भोजराज श्रेष्ठले लिएर गएको उक्त गाडी पार्किङ गरेर राखेको अवस्थामा तोडफोड भएको एसपी खड्काले बताए ।

घटनापछि फरार भएका युवाहरुले कन्सट्रक्सनको कार्यालयमा जम्मा गरेर राखिएको पाँच लाख दुई हजार ३४ रुपैयाँसमेत लिएर गएको जानकारी ठेकेदार श्रेष्ठले प्रहरीलाई दिएका छन् ।

घटनामा संलग्नलाई कारवाही हुनपर्ने र घटनामा भएको क्षतिपूर्ति पाउनुपर्ने माग राख्दै ठेकेदार पक्षले शुक्रबार साँझ इलाका प्रहरी कार्यालय उर्लाबारीमा किटानी जाहेरी दिएको छ ।

जाहेरीमा मिक्लाजुङ–७ का २८ वर्षीय दिपेश मगर, सविन श्रेष्ठ, शेरबहादुर तामाङ, मिक्लाजुङ–९ का २७ वर्षीय जोसन श्रेष्ठ, २१ वर्षीय विवेक मण्डल, २८ वर्षीय हिमाल मगर, २१ वर्षीय निजन गिरी र मिक्लाजुङ–६ का २३ वर्षीय सन्देश प्रधानलगायतको घटनामा संलग्नता रहेको जनाइएको छ ।

उनीहरुले विनाकारण रातको समयमा कन्सट्रक्सनको कार्यालयमा छिरेर त्यहाँ बसेकाहरुमाथि गुण्डागर्दी शैलीमा आक्रमण गर्दै, घर र गाडी तोडफोड गरेर नगदसमेत लिएर गएको श्रेष्ठले बताए । वातावरण त्रासपूर्ण भएपछि भागदौड मच्चिएको र प्रतिकार गर्न नसकेपछि रातको समयमा कर्मचारीले भागेर ज्यान बचाउनुपर्ने अवस्था आएको उनको भनाइ छ ।

घटनाका बारेमा अनुसन्धान थालिएको बताउँदै एसपी खड्काले आक्रमण गरेर फरार रहेकाहरुको खोजी तीव्र पारिएको बताए । उनीहरुलाई पक्राउ गरेपछि अभद्र व्यवहारको मुद्दा चलाउने तयारी प्रहरीको छ ।

प्रतिक्रिया दिनुहोस्:

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (large group)
Secondary Form Vandalism
Weapons None
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 7
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Injured 7
Total damaged Buildings 1
National/Online Media

0 Comments

Related Reports