Incident Reports

सुनसरीका सबै स्थानीय तहमा काँग्रेसको प्रदर्शन

2021-01-16

इनरुवा, ३ माघ । नेपाली काँग्रेस सुनसरीले जिल्लाका सबै स्थानीय तहमा विरोध प्रदर्शन गरेको छ । सदरमुकाम इनरुवाको लोकतान्त्रिक चोकमा विरोध कार्यक्रमको आयोजना गरिएको छ ।र्याली पश्चात आयोजित कोण सभालाई नगर प्रमुख राजन मेहताले सम्बोधन गरेका छन् । सभालाई सम्बोधन गर्दै मेहताले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको असंवैधानिक कदम प्रति खेद प्रकट गरे ।

उनले प्रतिनिधि सभा विघटन गर्ने ओलीको असंवैधानिक र अलोकतान्त्रिक कमद विरुद्धको आन्दोलन जारी रहेको बताए । मेहताले पार्टीको निर्देशन अनुरुप आन्दोलनका स्वरुप अघि बढाइने बताए ।

जिल्ला पार्टी कार्यालयका अनुसार नेपाली काँग्रेसले सुनसरीका सबै १२ वटै स्थानीय तहमा विरोधका कार्यक्रम आयोजना गरेको छ । विरोध कार्यक्रमलाई स्थानीय तहमा उपलब्ध नेताहरुले सम्बोधन गरेको नेका सुनसरीले जनाएको छ ।

काँग्रेसले यस अघि देशभरका प्रतिनिधि सभा तर्फको निर्वाचन क्षेत्र र प्रदेश सभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शनका कार्यक्रम गरिसकेको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments