Incident Reports

संसद विघटनविरुद्ध घडी बोकेर विवेकशीलको प्रदर्शन

2021-01-17

Bagmati, Kathmandu, Kathmandu

काठमाडौँ । विवेकशील पार्टीले आज माइतीघर मण्डलमा घडी बोकेर संसद विघटनको असंवैधानिक कदम विरुद्ध प्रदर्शन गरेको छ ।

यो समय शक्ति दुरुपयोग गर्दै देशलाई अफ्ट्यारो परिस्थितिमा धकेल्नुको साटो नागरिकहरुलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउने समय हो, त्यसैले "कु"मतिमा नलाग्न विवेकशीलले सरकारलाई अनुरोध गरेको छ ।

अधिनायकवाद विरुद्ध विवेकशील पार्टीले निरन्तर प्रदर्शन गर्दै आएको छ । प्रदर्शनको आज २८औं दिन हो । विवेकशील पार्टीले सोमबार माइतीघर मण्डलमा बिहान १०.३० बजे पहिलो चरणको अन्तिम प्रदर्शन गर्दैछ ।

पार्टीभित्र र बाहिर छलफल गरी अधिनायकवाद विरुद्धकोको थप कार्यक्रम अगाडि बढाउने पार्टीकी नेत्र संगिता बाटाजुले जानकारी गराएकी छन् । 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Bibeksheel Sajha Party
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments