Incident Reports

कुटपिट आरोपमा तरुण दलका कोषाध्यक्ष पक्राउ

2021-01-06

Province 1, Morang, Biratnagar, Ward 2

१३ माघ, विराटनगर । नेपाली कांग्रेस निकट तरुण दल मोरङका कोषाध्यक्ष अनिल रिजाल पक्राउ परेका छन् । प्रेमिकामाथि निर्घात कुटपिट गरेको आरोपमा उनी सोमबार पक्राउ परेका हुन् ।

विराटनगर महानगरपालिका– २ घर भएका ३९ वर्षीय रिजालविरुद्ध पुस २२ गते किटानी जाहेरी परेको थियो ।

स्रोतका अनुसार जाहेरी परेपछि फरार रहेका रिजाल हिरासतको अवधि अस्पतालमा बस्ने भन्दै प्रहरी कार्यालयमा हाजिर भएका हुन् । कांग्रेस भित्र राम्रो पकड राख्ने रिजाल जिल्ला प्रहरी कार्यालय मोरङमा हाजिर भएपछि कोशी अस्पताल भर्ना भएका थिए । अस्पतालमै राखेर प्रहरीले पाँच दिनको म्याद पनि थप गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले रिजाल पक्राउलगत्तै अस्पताल भर्ना भएको बताए । प्यारालाइसिसको समस्या देखाएपछि अस्पताल भर्ना गरिएको उनले जानकारी दिए ।

पुस १५ गते रिजालले पेसाले डाक्टर रहेकी बस्नेत थरकी प्रेमिकालाई निर्घात कुटपिट गरेका थिए । कुटपिटका कारण प्रेमिकाको दाहिने हातको औँला भाँचिएको छ ।

विवाहित रिजाल सम्बन्धविच्छेद गरेर बसेकी ती डाक्टरसँग विवाह गर्ने भनी भन्दै नजिकिएका थिए । पीडित युवतीले पटक-पटक गरेर आफ्नो दश लाख रुपैयाँ पनि रिजालले लगेको दावी गरेकी छन् ।

‘सम्पत्ति देखेर नजिकिएको देखिन्छ,’ प्रहरी स्रोतले भन्यो, ‘दशैंयता नजिकिएका उनीहरुबीच पटक-पटक विवाद भएको थियो ।’

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Other types of GBV
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 1
Female Injured 1
National/Online Media

0 Comments