Incident Reports

महोत्तरीको बर्दिबासमा प्रहरी र प्रदर्शनकारीबीच झडप

2021-02-04

Madhes, Mahottari, Bardibas

महोत्तरीको बर्दिबासमा प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा केही जनप्रतिनिधि घाइते भएका छन्। 

पूर्व–पश्चिम राजमार्ग बन्द गरेर बसेका प्रदर्शनकारीमाथि प्रहरीले बल प्रयोग गरेपछि झडप भएको हो। राजमार्ग खुलाउने क्रममा सामान्य झडप भएको महोत्तरी प्रहरीले जनाएको छ।

प्रहरी र आन्दोलनकारीबीच भएको झडपमा नेकपा प्रदेश २ का सदस्य शंकर महतो, बर्दिबास नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष चुडामणी पोखरेल, वडा सदस्य निरज अधिकारी, वडा नम्बर ३ का वडा अध्यक्ष राजन ढुङ्गाना लगायत घाइते भएका छन्।

वडा नम्बर ३ का अध्यक्ष ढुङ्गानाको टाउको फुटेको छ भने अरुको हातखुट्टामा चोटपटक लागेको छ। 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Secondary Form Excessive Use of Force
Weapons Unclear
Primary Cause Contestation over Constitution and federal restructuring
Secondary Cause Freedom of Assembly
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people 4
Actor 2 - Affiliation NCP (Nepal Communist Party) and Affiliates
Actor 2 - Youth na
Total Injured 4
National/Online Media

0 Comments