Incident Reports

कोटेश्वरमा बन्दकर्ता र प्रहरीबीच झडप, मोटरसाइकल तोडफोड

2021-02-04

Bagmati, Kathmandu, Kathmandu, Ward 32

काठमाडौँ–

काठमाडौँको कोटेश्वरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ।आम हड्ताललाई प्रभावकारी बनाउन सडकका निस्किएका नेकपा कार्यकर्ताले मोटरसाइकल तोडफोड गरेका छन्। मोटरसाइकल तोडफोडपछि अवस्था तनावग्रस्त बनेको हो।

दाहाल–नेपाल समूहले बिहीबार देशव्यापी  आम हड्ताल घोषणा गरेको छ। सरकारले बुधबार विभिन्न संवैधानिक निकायहरुमा नियुक्ति गरेको विरोधमा उक्त समूहले आमहड्ताल आयोजना गरेको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि त्यसको चौतर्फी विरोध भइरहेको छ।

    

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Secondary Form Vandalism
Weapons None
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations NCP (Nepal Communist Party) and Affiliates
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
Totally damaged Vehicles 1
National/Online Media

0 Comments