Incident Reports

जसपाका कार्यकर्ताले जलाए प्रधानमन्त्री ओलीको पुत्ला

2021-02-07

Madhes, Dhanusha, Janakpur

जनता समाजवादी पार्टी (जसपा) का कार्यकर्ताले आज मधेसका जिल्लाहरूमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएको छ।

प्रतिनिधिसभाको विघटन र संवैधानिक अंग, भूमि आयोगलगायतका नियुक्ति असंवैधानिक भएको भन्दै प्रधानमन्त्रीको पुत्ला जलाइएको हो । प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा पुत्ला जलाउँदै गरेका नेता/कार्यकर्ताहरूलाई प्रहरीले सामान्य बल प्रयोग गरेको थियो ।

पुत्ला दहन कार्यक्रममा जसपाका प्रदेश सांसदहरू परमेश्वर साह, रामआशिष यादव, केन्द्रीय सदस्य संजय चौधरीलगायतका नेता कार्यकर्ता सहभागी थिए । उनीहरूले ‘असंवैधानिक नियुक्ति खारेज गर’, ‘संसद पुन:स्थापना गर’ जस्ता नारा लगाएका थिए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Other forms of non-violent protest
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Janata Samajbadi Party
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments