Incident Reports

जसपाद्वारा रुपन्देहीमा प्रधानमन्त्री ओलीको पुत्ला दहन

2021-02-07

२५ माघ,बुटवल ।

जनता समाजवादी पार्टीले रुपन्देहीका १६ वटै स्थानीय तहमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ ।प्रतिनिधि सभा विघटन र संवैधानिक आयोगहरुमा गरिएको नियुक्तिलाई असंवैधानिक र प्रतिगामी भन्दै आन्दोलनरत जसपाले तेस्रो चरणको आन्दोलन अन्तर्गत आइतबार प्रधानमन्त्रीको पुत्ला दहन गरेको हो ।

जसपा रुपन्देही इन्चार्ज देबेन्द्र पाण्डेका अनुसार पालिकास्तरीय कमिटीको आयोजनामा सांझ ५ बजेपछि १६ वटै स्थानीय तहमा प्रधानमन्त्रीको पुत्ला दहन गरिएको छ ।

पुत्ला दहन कार्यक्रममा पार्टीका नेतासंगै स्थानीय तहमा पार्टीबाट निर्वाचित जनप्रतिनिधि समेतको उपस्थिति रहेको उनले बताए ।

रोहिणी गाउँपालिकाको धकधईमा आयोजित पुत्ला दहन कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सदस्य समेत रहेका पाण्डेले प्रतिनिधि सभा विघटनले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार भएको र मुलुक अस्थिरताको अंध्यारो सुरुङमा धकेलिएकाले संविधान बचाउन सबै विपक्षी दलहरु संयुक्त आन्दोलनमा जानुपर्ने बताए ।

प्रधानमन्त्रीको प्रतिगामी कदमविरुद्ध सडक संघर्ष नै उपर्युक्त विकल्प भएको भन्दै संयुक्त आन्दोलन शुरु भए एक हप्तामा संसद पुनःस्थापना हुने बताए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Other forms of non-violent protest
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Janata Samajbadi Party
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments