Incident Reports

युवती हत्याको आशंकामा वडा सदस्य पक्राउ

2021-02-08

Sudurpashchim, Kailali, Gauriganga, Ward 3

धनगढी– कैलालीको गौरीगंगा नगरपालिकामा युवतीको हत्या गरेको आशंकामा वडा सदस्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

गौरीगंगा नगरपालिका–३ का वडा सदस्य निरज चौधरीलाई प्रेमिका अञ्जिता चौधरीको हत्यामा संलग्न भएको आशंकामा सोधपुछका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले जानकारी दिए।

चौधरीलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने काम भइरहेको उनले बताए। अञ्जिता चौधरी आइतबार बिहान कार्यवाहक वडाध्यक्षको समेत जिम्मेवारी पाएका वडा सदस्य चौधरीको घरमा कोठामा बाहिरबाट ताल्चा लगाएको अवस्थामा मृत फेला परेकी थिइन्।

उनीहरु दुई जना विगत लामो समयदेखि प्रेम सम्बन्धमा रहेको बताइएको छ। चौधरी पासो लगाएको अवस्थामा भेटिए पनि खुट्टा भुइँमा टेकिएको र बाहिरबाट ताल्चा लगाएका कारण हत्या भएको आशंका गरिएको छ।

मृतक चौधरीको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Other types of GBV
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments