Incident Reports

ओली समुहको युवा संघको भेलामा कुटाकुट

2021-02-07

नेकपा ओली समुहको भातृ संगठन युवा संघमा कुटाकुट भएको छ । नयाँ नेतृत्व चयन गर्ने गरी आइतबारदेखि शुरु भएको राष्ट्रिय युवा संघको राष्ट्रिय भेलामा उनीहरुबीच नै कुटाकुट भएको हो ।

उक्त भेलामा रामबहादुर थापा बादल समूहका नेताहरुले बहिष्कार गरेका थिए । भेलामा भएको कुटाकुटको भन्दै ओली समुहमै लागेका युवा संघका नेता सुवित ढुङ्गानाले भिडियो सार्वजनिक गरेका छन् । ‘अराजनैतिक गुटवादी ,अक्षम नेतृत्वले नेतृत्व गरेको संगठन , पार्टी यस्तै हुने हो यसले विकास हैन बिनास निम्ताउछ,’ भिडियो सार्वजनिक गर्दै उनले लेखेका छन्, ‘यो कुनै दोस्रो राष्ट्रिय युवा संघ नेपालको आधिकारिक पुर्ण बैठक होइन । यो अराजकता र उद्दण्डहरुको बैठक हो । यसलाई पार्टीले मान्यता दिएको छैन ।’

नेकपा विभाजन हुँदा केपी ओलीतिर लागेका बादलको युवा संघमा ५६ जनाले भेला बहिस्कार गरेका थिए । उनीहरुले बहिस्कार गरेपनि युवा संघका ईन्चार्ज महेश बस्नेत र पूर्व सहसंयोजक रमेश पौडेलबीच विवाद रहेको बताइएको छ । बस्नेतले युवा संघको अध्यक्षमा किरण पौडेललाई प्रस्ताव गरेका थिए । यता पौडेलले भने बचन बहादुर सिंहलाई अध्यक्ष बनाउनुपर्ने प्रस्ताव गरेका थिए । अन्तत चार महिनाका लागि भएपनि बचन बहादुरलाई अध्यक्ष बनाउने र हाल सहअध्यक्ष बनाइएका किरण पौडेललाई त्यसपछिको अध्यक्ष बनाउनेगरी सहमति भएको स्रोत बताउँछ ।

हिजोको भेलाले सिंहलाई अध्यक्ष बनाएको छ भने महासचिवमा धादिङका रमेश आचार्यलाई बनाइएको छ । विभाजित हुनुअघि नेकपा निकट राष्ट्रिय युवा संघमा ३३५ जनाको केन्द्रीय समिति थियो । तर, हाल ओली समहमा लागेका ८१ जनाले भेला बोलाएर अध्यक्ष राम प्रसाद सापकोटा दिपशिखालाई पदबाट हटाउँदै सिंहलाई अध्यक्ष बनाएको हो ।

भागबन्डा नपुगेपछि गृहमन्त्री रामबहादुर थापा निकट युवाहरुले राष्ट्रिय युवा संघको केन्द्रीय समिति भेला बहिष्कार गरेका छन्। एकता प्रक्रिया नै नटुंगी ओली पक्षले एकलौटी रुपमा भेला राखेकोले बहिष्कार गरेको थापानिकट नेता वीरु तामाङले बताए।

आइतबार उद्घाटन भएर सोमबारसम्म चलेको सो भेलामा पूर्वमाओवादीका कुनैपनि केन्द्रीय सदस्य सहभागी नभएको उनले जानकारी दिए। प्रधानमन्त्री ओली र गृहमन्त्री थापा समूह गरी युवा संघमा रहेका दुई वटा समूहबीच एकता प्रक्रिया नटुंगिदै भेला राखिएकोले बहिष्कार गर्नुपरेको उनले दाबी गरे।


‘दुई वटा ध्रुवमा अगाडि बढेको संगठनको पुनसंरचना भएको छैन, संरचना कस्तो हुने, नेतृत्वमा को को रहने र केन्द्रीय सदस्य कति हुने भन्ने सहमति नै नबनी बैठक बसेछ। त्यसमा हामी सहमत हुन सकेनौँ र गएनौँ,’ तामाङले थपे।

तत्कालीन एमालेको युवा संघ र माओवादी केन्द्रको वाईसीएल एकीकृत भएपछि बनेको राष्ट्रिय युवा संघको केन्द्रीय समितिमा ३ सय ३५ सदस्य थिए। तीमध्ये पूर्वएमालेतर्फका १ सय ७८ जना र माओवादी केन्द्रका १ सय ५५ जना थिए। दुई जनाको मनोनयन गर्न बाँकी थियो।

तामाङका अनुसार नेकपा विभाजनपछि माओवादीतर्फका युवामध्ये ३८ जना केन्द्रीय सदस्य थापाकै पक्षमा छन्, जसको नेतृत्व तामाङले गरिरहेका छन्। माओवादीतर्फका बाँकी १ सय ५ जना युवा संघका संयोजक रामप्रसाद सापकोटासँग रहेको तामाङको भनाइ छ।

युवा संघ र वाईसीएल एकता भएपछिको यो दोस्रो पूर्ण बैठक भएपनि आफूहरुसँग ओली पक्षले छलफल नै नगरेको उनको भनाइ छ। गृहमन्त्री थापाले माघ ९ गते आफ्नै सचिवालयमा रहेका तामाङको नेतृत्वमा युवा संघमा रहेका केही युवाहरुलाई लिएर पूर्ववाईसीएल ब्युँताएका थिए।

बैठक बहिष्कार गरेका ती युवाहरु आन्तरिक छलफलमा छन्। कुरा नमिले वाईसीएललाई युवासंघको समानान्तर संगठन बनाउने उनीहरुको तयारी छ। प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमको समर्थन र बचाउ गरेका गृहमन्त्री थापा आफू निकट ३७ जना केन्द्रीय सदस्य सबैलाई छोडेर ओलीसँगै बसेका थिए।

प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर राष्ट्रिय युवा संघको अध्यक्षमा बचनबहादुर सिंह चयन भएका छन् । युवा संघ र वाइसिएल एकीकरण हुनुअघिका अध्यक्ष र एकीकरणपछिका सहसंयोजक रमेश पौडेलले विदा लिएका छन् ।

युवा संघ इन्चार्ज महेश बस्नेत सहितको अध्यक्ष मण्डलले सिंहलाई प्रस्ताव गरेपछि केन्द्रीय समिति बैठकले अध्यक्ष चयन गरेको हो । बैठकले युवा संघको सह–अध्यक्षमा किरण पौडेललाई चयन गरेको छ । सिंह जेठ १६ गतेसम्म अध्यक्ष रहने र त्यसैदिन उनी ४० वर्ष पुग्ने भएकाले त्यसपछि किरण पौडेल स्वतः अध्यक्ष हुने समझदारी बनेको छ । राष्ट्रिय युवा संघको महासचिवमा रमेश आचार्य चयन भएका छन् ।

अध्यक्ष– बचनबहादुर सिंहसह-अध्यक्ष– किरण पौडेलउपाध्यक्ष– सन्तोष रावल, रविन थापा, क्षितिज थेबे, अञ्जना अधिकारी, उर्मिला सुनुवार, नृपेन्द्र महत, सञ्जीव झा, रोशन बस्नेत, अमित लामा, गजेन्द्र शाही, अशोक चौलागाईं, तिरण गौतम र सुमन पुरीमहासचिव– रमेश आचार्यउपमहासचिव– रामजी सापकोटा र रमेश तिवारीसचिव– सन्तोषप्रकाश जोशी, विष्णा चन्द, मिलन सिंह, सुमित्रा बोगटी, राजन थापा, सुमन बुढा, चन्द्र दाहाल, तुलबहादुर अधिकारी, रमेश पौडेल, रविन्द्र लम्साल, प्रकाश लामिछाने, गोविन्द बस्नेत, हरि लम्साल, महेन्द्र गुरुङ, खिलबहादुर राना, सम्राट गौचन, मदन भण्डारी, अमित पौडेल, शिव महर्जन, मिलन सिंह, प्रकाश लामिछाने, बिमल लामिछाने, महाराज गुरुङ, जय गुरुङ, विष्णुहरी त्रिपाठी, बेग पाण्डे, संगीता अछामी, प्रताप डल्लाकोटी, सत्यनारायण यादव, शिवचन्द्र सिंह, मोबिन आलम,सीता सुवेदी, अर्जुन ढुंगाना, देवानन्द मेहता, रामकाजी बान्तवा, राकेश राईकोषाध्यक्ष– मुकेश बुढाथोकीसह-कोषाध्यक्ष– राकेश लामा र हिमेश केसीनिर्वाचन आयोग प्रमुख– बाबुराम पाण्डेलाईलेखा आयोग प्रमुख– सुदीप सापकोटा, उपप्रमुख– प्रल्हाद प्रधान

 

प्रकासित मिति

 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Weapons None
Primary Cause Contestation over non-elective positions and influence
Actor 1 - Number of people 40
Actor 1 - Affiliations NCP (Nepal Communist Party) and Affiliates
Actor 1 - Youth na
Actor 2 - Number of people 40
Actor 2 - Affiliation NCP (Nepal Communist Party) and Affiliates
Actor 2 - Youth na
National/Online Media

0 Comments