Incident Reports

बलात्कार प्रयास आरोपमा विराटनगरका घरजग्गा कारोबारी पक्राउ

2021-02-10

Province 1, Morang, Biratnagar, Ward 2

विराटनगर / विराटनगरमा घरजग्गाको कारोबार गर्दै आएका एक व्यक्ति बलात्कार प्रयासको आरोपमा पक्राउ परेका छन् ।

विराटनगर महानगरपालिका–२ का ६० वर्षीय ज्ञानु प्रधानलाई बुधबारसाँझ एक युवतीमाथि बलात्कार प्रयास गरेको आरोपमा पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी लोकदर्शन थापाले जानकारी दिए । प्रधान विराटनगरमा लामो समयदेखि घरजग्गा सम्बन्धी कारोबार गर्दै आएका व्यक्ति हुन् । प्रहरीका अनुसार उनी प्राइम लाइफ इन्सुरेन्सका एजेन्ट पनि रहेको खुलेको छ । उनी विराटनगरको सेन्ट जोसेफ स्कुलका कर्मचारी पनि हुन् ।

घटना अनुसार विराटनगर–२ मै रहेको एउटा घर बिक्री गरिदिन प्रधानलाई घरधनीले आग्रह गरेका थिए । बिक्रीको तयारीमा रहेको घर किन्ने ग्रहाक खोजेका उनी ग्राहाक लिएर दिउँसो त्यहाँ पुगेको खुलेको प्रहरीले जनाएको छ । अमेरिका जाने तयारीमा रहेका घरधनी अहिले काठमाडौंमा छन् ।

प्रहरीका अनुसार अमेरिका जानुअघि विराटनगरमा भएको घर बिक्री गर्ने योजना रहेको कुरा उनलाई घरधनीले सुनाएका रहेछन् । त्यही घर किन्ने ग्राहाकको खोजीमा जुटेका प्रधानले दिउँसो ग्राहाक लिएर गएको र साँझ पुनः त्यही घरमा पुगेर घरधनीकी छोरीमाथि हातपात गर्दै बलात्कारको प्रयास गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।

डीएसपी थापाले घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको जनाए । उनले पीडित पक्षबाट किटानी जाहेरी परेमा प्रधानविरुद्ध जबरजस्ती करणी उद्योगको मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान थालिने जानकारी दिए ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
National/Online Media

0 Comments