Incident Reports

ज्वाईंले धारिलो हतियार प्रहार गर्दा महिलाको मृत्यु

2021-02-10

Province 1, Morang, Jahada, Ward 1

२९ माघ, विराटनगर । पाहुना आएका ज्वाईले धारिलो हतियार प्रहार गर्दा मोरङको जहदा गाउँपालिका– १ कि ५५ वर्षीया जोखनीदेवी सरबरियाको मृत्यु भएको छ ।

हत्यामा संलग्नताको आरोपमा प्रहरीले २७ वर्षीय प्रेमलाल सरबरियालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईका अनुसार बुधबार बिहान घरायसी विवादमा पाहुना आएका सरबरियाले सासूको टाउकोमा दाउ प्रहार गरेका थिए ।

गम्भीर घाइते उनलाई उपचारका लागि कोसी अस्पताल विराटनगरमा भर्ना गरिएको थियो । अस्पतालमा उपचारका क्रममा बिहीबार दिउँसो करिब ३ बजे मृत्यु भएको हो ।

झापाको गौरीगञ्ज गाउँपालिका १ घर भएका प्रेमलाल ११ दिनअघि ससुराली आएका थिए । बुधबार बिहान उनको श्रीमती र सासूसँग विवाद भएको थियो ।

‘हत्याको कारण घरायसी विवाद हो’ डीएसपी राईले भने ‘प्रेमलाललाई पक्राउ गरी अनुसन्धान सुरु गरेका छौं ।’ प्रेमलाललाई प्रहरीले बुधबार ससुराली घरबाट नै पक्राउ गरेको थियो । उनलाई कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको उनले बताए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments