Incident Reports

बानेश्वर क्षेत्र तनावग्रस्त : प्रहरीको गाडीमा ढुंगामुढा, प्रदर्शनकारीमाथि लाठीचार्ज (तस्बिरहरु)

2021-02-12

राजधानीको नयाँ वानेश्वर क्षेत्र तनावग्रस्त भएको छ।  नेकपा प्रचण्ड–नेपाल पक्षकी नेतृ रामकुमारी झाँक्री पक्राउको विरोधमा सो पार्टीसम्बद्ध युवा विद्यार्थीले गरेको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो ।  सो क्रममा प्रदर्शनकारीले प्रहरीको गाडीमा ढुंगामुढा गरेको छन् भने ढुंगामुढाबाट प्रहरीको एउटा गाडीमा क्षति पुगेको छ ।  यस्तै प्रहरीले स्थिति नियन्त्रणका लागि लाठीचार्ज गरेको छ । 

झाँक्रीलाई रिहाइको माग गर्दै युवा विद्यार्थीले प्रदर्शन गरेका हुन् । राष्ट्रपतिविरुद्ध अशोभनीय अभिव्यक्ति दिएको अभियोगमा प्रहरीले बिहीबार नै झाँक्रीलाई पक्राउ गरेको थियो ।









Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Secondary Form Intervention at Protest
Weapons Other
Primary Cause Other political issues
Secondary Cause Freedom of Assembly
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations NCP (Nepal Communist Party) and Affiliates
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Police
Actor 2 - Youth na
Totally damaged Vehicles 1
National/Online Media

0 Comments