Incident Reports

बालिका बलात्कारको घटनामा २ जना पक्राउ

2021-02-10

Madhes, Dhanusha, Lakshminiya

३० माघ, जनकपुरधाम । बालिका बलात्कारको आरोपमा प्रहरीले धनुषामा २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुस्कान खातुन र शम्भु भनिने ओमनारायण यादव छन् । प्रहरीका अनुसार मुस्कान खातुनले १३ वर्षकी बालिकालाई आफ्नै कोठामा ग्राहक बोलाई यौनधन्दामा लगाउने गरेकी थिइन् ।

खातुन लक्ष्मीनियाँमा एउटा कोठा भाडामा लिएर बस्दै आएकी थिइन् । त्यस क्रममा मुस्कानले यादव समेतलाई कोठामा बोलाई पीडित बालिकासँग यौन सम्बन्ध राख्न लगाएको प्रहरीको भनाइ छ । पटक–पटकको बलात्कारपछि बालिका गर्भवती भएपछि घटनाबारे परिवारले थाहा पाएको थियो ।

प्रहरीमा जाहेरी परेपछि जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर फरार रहेका खातुन र यादवलाई बिहीबार राति धनुषाको लक्ष्मिनियाँ गाउँपालिका वडा नम्बर ४ स्थित बाटोबाट नियन्त्रणमा लिइएको धनुषा प्रहरीका प्रबक्ता मकेन्द्र कुमार मिश्रले जानकारी दिए । पक्राउ परेका दुबै जना स्थानीय हुन् ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments