Incident Reports

प्रहरी यातायात व्यवसायीबीच झडप, एक व्यवसायी गम्भीर घाइते l

2014-06-19

Province 1, Khotang, Rupakot Majhuwagadhi

DM Chamling यातायात व्यवसायी सङ्घका पदाधिकारी र प्रहरीबीच दिक्तेल नपा-२ मा असार ५ गते साँझ झडप हुँदा प्रहरीले गरेको लाठीचार्जबाट खोटाङ यातायात व्यवसायी सङ्घका उपाध्यक्ष ३४ वर्षीय भीम राई गम्भीर घाइते भएका छन् । लाठीचार्जबाट टाउकोमा चोट लागेर घाइते बनेका राईको जिल्ला अस्पताल दिक्तेलमा उपचार भइरहेको छ । खोटाङ यातायात र मध्यपहाडी यातायात सेवा समितिबीच सवारी साधन सञ्चालन गर्ने विषयलाई लिएर विवाद भएको र विवादको क्रममा प्रहरीले अन्धाधुन्ध लाठिचार्ज गरेको यातायात व्यवसायीको आरोप छ । प्रहरी र व्यवसायीबीच दोहोरो झडप भएपछि मध्यपहाडी यातायात सेवा समितिका केही पदाधिकारीलाई प्रहरीले तत्कालै गिरफ्तार गरेको छ । गिरफ्तार पर्नेहरूमा २४ वर्षीय सूचन राई, २५ वर्षीय दिवसन राई, २५ वर्षीय योगेश राई र ३६ वर्षीय कृष्ण कार्की छन् । जिल्ला प्रहरी कार्यालयका मुद्दा शाखाका असई मनोज यादवले व्यवसायिहरूमाथि प्रहरीले लाठिचार्ज नगरेको बताएका छन् । बजारमा होहल्ला र झगडा भएपछि विवाद मिलाउन पुगेका प्रहरीमाथि व्यावसायिहरूले बोत्तल प्रहार गरेपछि प्रहरी हवल्दार टेकनाथ पौडेल र प्रहरी जवान निरज चौधरी घाइते भएको बताए । व्यवसायीहरूमाथि लाठिचार्ज गरेको हैन, प्रहरीमाथि नै जाइ लागेपछि नियन्त्रणमा लिइएको असई यादवले बताए । डिएम चाम्लिङ राई

0 Comments

Related Reports
Related Trend Analysis