Incident Reports

बोहोराले गरे ८४ वर्षीया बृद्धाको हत्या

2021-02-15

Gandaki, Baglung, Kanthekhola, Ward 2

काठेखोला गाउँपालिका २ दहपानी बस्ने ८४ वर्षीय याम बहादुर केसीको कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३५ वर्षीय सोम बहादुर बोहोरालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी दोबिल्लाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

सोम बहादुर, याम बहादुर, सोही ठाउँ बस्ने ३६ वर्षीया लक्ष्मी चापागाई र ६५ वर्षीया बिष्णुमती चापागाई लगायतका व्यक्तिहरुबीच झै–झगडा हुँदा सोम बहादुरले दाउराको चिर्पटले प्रहार गर्दा गम्भीर घाइते भएका याम बहादुर केसीको धवलागिरी अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै कुटपिटमा घाइते भएका अन्य ५ जनामध्ये बिष्णुमती चापागाईलाई थप उपचारको लागि मणिपाल अस्पताल पोखरा पठाईएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Fight
Weapons Blunt weapon
Primary Cause Unclear
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Total Injured 5
Female Injured 2
National/Online Media

0 Comments

Related Reports