Incident Reports

संसद् विघटनविरुद्ध विराटनगरमा पनि कांग्रेसको विरोध

2021-02-15

Province 1, Morang, Biratnagar

विराटनगर : प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले मोरङमा पनि विरोध प्रदर्शन गरेको छ। गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि यस कदमलाई असंवैधानिक भन्दै आएको कांग्रेसले सोमबार विराटनगरमा प्रदर्शन गरेको हो। वीरेन्द्र सभागृहबाट सुरु भएको विरोध र्‍याली महेन्द्र चोकमा पुगेर कोण सभामा परिणत भएको थियो।  कोण सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश आचार्यले संविधानको व्याख्याताको रुपमा रहेको सर्वोच्च अदालतले जनताको पक्षमा फैसला गर्नेमा आफू विश्वस्त रहेको बताएका छन्। एउटा मुद्दा सर्वोच्चमा र अर्को मुद्दा जनताको अदालतमा चलिरहेकोले दुवैको एउटै निष्कर्ष निस्कनेमा कांग्रेस विश्वस्त रहेको नेता आचार्यको भनाइ थियो।  

संविधानले संवैधानिक हैसियतमा राखेको मानवअधिकारको सिफारिसलाई प्रधानमन्त्री ओलीले आफ्नो सल्लाहकारको कार्यालयको छानबिनको विषय बनाएर संविधानसँग खेलबाड गरेको उनको आरोप छ।

उनले जनताको जनजीविकासँग जोडिएको मुद्दाहरु अझै पनि सम्बोधन हुन नसकेको र उल्टै मुलुकमा भ्रष्टाचार मौलाएको टिप्पणी गरे।

सडकबाट हामीले लोकतन्त्रको रक्षार्थ विदेशका नेताहरुलाई मदत गर्नुहोस भनेर गुर्हान चाहँदैनौं,' उनले भने, ‘हामी आफ्नै गाउँघरतिर फर्किन चाहन्छौं, झुपडीमा बसेका जनताको घरदैलोमा फर्किन चाहन्छौं, हामी पुनः पनि कांग्रेसको झोलामा आशीर्वाद थाप्न चाहन्छौं।’

कांग्रेसले प्रधानमन्त्री ओलीको ३ बर्से कुशासनको हिसाब जनताको अदालतमार्फत लिने नेता आचार्यको तर्क छ। उक्त विरोध सभामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले प्रतिगमन, जिल्ला अध्यक्ष डिगबहादुर लिम्बूलगायत वक्ताले धारणा राखेका थिए। 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments