Incident Reports

हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापनाको माग गर्दै नेपालगञ्जमा प्रदर्शन

2021-02-16

Lumbini, Banke, Nepalgunj

नेपालगञ्ज –

हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापनाको माग गर्दै हिन्दुवादीहरुले नेपालगञ्जमा प्रदर्शन गरेका छन्।राजसंस्था र हिन्दु राष्ट्रको वकालत गर्ने दल तथा संघ संस्थाको संयुक्त आयोजनामा ‘धर्म साझा, देश राझा, राजा साझा’ भन्ने मूल नाराका साथ नेपालगञ्जमा मोटरसाइकल र कार र्‍याली निकालिएको हो।

बागेश्वरी मन्दिरबाट शुरु भएको र्‍याली बजार परिक्रमापछि त्रिभुवनचोकमा पुगेर कोण सभामा परिणत भएको थियो।कोण सभालाई सम्बोधन गर्दै नेपालगञ्जका मेयर डा. धवलशमशेर राणाले राजसंस्था र हिन्दु राष्ट्रको पुनर्स्थापना नहुँदासम्म चैनको निन्द्रा नसुत्ने उद्घोष गरे। उनले यो भन्दा कडा आन्दोलनका लागि तयार रहन हिन्दुवादीहरुलाई आग्रह गरे।

शिव सेना नेपालका अनिल बस्नेत र राजकुमार रौनियारले संघीयताको खारेजी, राजसंस्था र हिन्दु राष्ट्रको पुनर्स्थापनाका लागि राष्ट्रवादीहरु जागिसकेको बताए।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Entity Political Organizations/Groups supporting Monarchy
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments