Incident Reports

अवैध सम्बन्धबाट जन्मिएको भन्दै बच्चाको हत्या, दुई महिला पक्राउ

2021-02-04

Province 1, Taplejung, Meringden, Ward 2

ताप्लेजुङ :

आफैंले जन्माएको नवजात शिशुको हत्या अभियोगमा ताप्लेजुङ प्रहरीले दुई महिला पक्राउ गरेको छ।मेरिङ्देन गाउँपालिका–२ सान्थाक्राकी २२ वर्षीया स्याङ्मु शेर्पा र फक्ताङलुङ गाउँपालिका–२ खेजेनिमकी ३७ वर्षीया लाक्पा दिकी शेर्पालाई आइतबार प्रहरीले पक्राउ गरेको हो।स्याङ्मुले गत माघ २२ गते अवैध नवजात शिशु जन्माएर हत्या गरेको प्रारम्भिक बयानमा स्विकारेको ताप्लेजुङ प्रहरीले जनाएको छ।

गत माघ ३० गते अलैंची बगानभित्र नवजात शिशुको शव भेटिएको थियो। शवको जिल्ला अस्पतालमा पोष्टमार्टमपछि मेरिङदेन गाउँपालिकाले अन्त्येष्टि गरिसकेको छ।उता फक्ताङ्लुङ गाउँपालिका–२ खेजिनिमको गुम्बाडाँडा छेउमा अम्रिसो रोपिएको पाखामा शनिबार दिउँसो नवजात शिशुको शव फेला परेको थियो।शव देखेपछि स्थानियले प्रहरीललाई खबर गरेका थिए।शव भेटिएको खबर पाएपछि घटनास्थलमा पुगेको प्रहरीले अनुसन्धानका क्रममा सोही गाउँकी लाक्पा दिकीलाई पक्राउ गरेको थियो।

३७ वर्षीय लाक्पादिकीले पनि अवैध रुपमा रहन गएको गर्भबाट गत माघ ७ गते शिशु जन्मिएको हुनाले हत्या गरेर फालेको प्रारम्भिक बयानमा बताएको प्रहरी निरीक्षक मोहान पोख्रेलले जानकारी दिए।शवको प्रारम्भिक अनुसन्धानपछि जिल्ला अस्पताल ताप्लेजुङमा पोष्टमार्टम भइरहेको छ। दुवैलाई जिल्ला अदालतबाट आइतबारै ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Infanticide
Weapons Unclear
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media

0 Comments