Incident Reports

जातीय छुवाछूतको घटनामा प्रहरीको रोहबर मिलापत्र l

2014-06-22

Province 1, Sunsari, Dharan

Shekhar Dhakal सुनसरी । ०७१ असार ९ गते धरान नपा-१६ का ४० वर्षीय भुलकाजी विश्वकर्माले छुवाछूत विरुद्ध दिएको उजुरी कार्यन्वयन नभई असार ८ गते प्रहरीको रोहबरमा सहभोज गरी मिलापत्र भएको छ । छिमेकी ५० वर्षीया भगवती भण्डारीले छोरा जीवनको विवाहमा सघाउन बोलाएर छुवाछूत गरी दुर्व्यवहार गरेको आरोपमा भुलकाजीले असार ७ गते इलाका प्रहरी कार्यलय धरानमा उजुरी दिएका थिए । विवाहमा भगवतीले काम सघाउन बोलाए पनि खानेकुरा छोइन्छ परै बस्नु भनेर आफूलाई जातीयरुपमा विभेद गरेको भुलकाजीले उजुरीमा उल्लेख गरेका थिए । छुवाछूतको आरोपमा प्रहरीले भगवतीलाई गिरफ्तार गरे पनि इलाका प्रहरी कार्यालयमा दुवै पक्ष र समाजका अगुवासमेत भेला भई मिलापत्र गरेको पत्रकार दिनेश गजमेरले इन्सेक प्रतिनिधिलाई जानकारी दिए । दलित उत्थान समन्वय समितिका अध्यक्ष लीला शंकरसहितका समाजका अगुवाहरू बसेर सहभोज गराइ पुनः जातीय छुवाछूत नगर्ने सर्तमा मिलापत्र गरिएको उनले जानकारी दिए । पीडित र आरोपित दुवै पक्षका व्यक्तिसहित समाजका अगुवाहरू आएर इलाका प्रहरी कार्यालयको परिसरमा मिलापत्र गर्ने भनेपछि उजुरी परे पनि कारबाही अघि नबढाएको इन्स्पेक्टर मुकुन्द रिजालले बताए । शेखर ढकाल

0 Comments

Related Reports
Related Trend Analysis