Incident Reports

विद्यार्थीलाई दुर्व्यवहार गरेको घटनाका आरोपित शिक्षक गिरफ्तार

2021-03-04

Bagmati, Chitawan, Ratnanagar, Ward 10

विद्यार्थीलाई अश्लिल शब्द प्रयोग गरेर म्यासेज पठाएको आरोपमा रत्ननगर नगरपालिका–१० मा रहेको क्रिष्टल कलेजका शिक्षक खैरहनी नगरपालिका–२ निवासी ४० वर्षीय हरि न्यौपानेलाई इलाका प्रहरी कार्यालय रत्ननगरको प्रहरी टोलिले फागुन २० गते गिरफ्तार गरेको छ ।

आफैले पढाउने कक्षा ११ र १२ मा अध्यायन गर्ने १५÷२० जना छात्राहरूलाई हिंसात्मक शब्द प्रयोग गरेर म्यासेज पठाएको आरोपमा प्रहरीले न्यौपानेलाई गिरफ्तार गरेको जनाएको छ ।

विद्यार्थीले संयुक्त रूपमा फागुन २० गते इलाका प्रहरी कार्यालय रत्ननगरमा उजुरी दिएका थिए ।

शिक्षकबाटै विद्यार्थीलाई हिंसा गरेको विषय बाहिर आएपछि स्थानीय युवाहरूले कलेजमा तोडफोड गरेका छन् । तोडफोडबाट कलेजका झ्यालको सिसा लगायत भौतिक संरचनामा क्षति भएको प्राचार्य हरि जिसीले बताउनु भयो

दिपेन्द्र अधिकारी

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Threat/intimidation
Primary Cause Other types of GBV
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth na
INSEC

0 Comments