Incident Reports

मदिरा सेवनपछि बावुछाेराकाे झगडा: बाँसमा उनिएर मृत्यु

2021-04-10

Province 1, Morang, Biratnagar

विराटनगर – विराटनगरमा छोरासँगको विवादका क्रममा बुवाको मृत्यु भएको छ। विराटनगर महानगरपालिकाको बलुवाईमा शनिबार राति घरायसी विवादका क्रममा झगडा हुँदा ५४ वर्षीय बुवा विको सहनीको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार राति विवाद हुँदा बाँसको भाटामा उनिएर घाइते भएका सहनीको उपचारका क्रममा मृत्यु भएको हो। मोरङ प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मानबहादुर राईले विवाद हुँदै गर्दा माइलो छोरा २५ वर्षीय रवि सहनीले बुबा विकोलाई कुटपिट गर्दै धकेल्दा बाँसको भाटामा उनिएको अनुसन्धानले देखिएको जानकारी दिए।

सो क्रममा घाइते भएका विकोलाई राति नै उपचारका लागि कोशी अस्पताल ल्याइएको थियो। बाँसको भाटा घाँटीमा उनीएर घाइते भएका विकोलाई चिकित्सकको टोलीले राति करिब ११ बजे मृत घोषित गरेका थिए। प्रहरी प्रवक्ता राईका अनुसार घटनामा संलग्न रवि राति नै फरार भएकाे र उनको खोजी भइरहेको छ।

मृतक विकोको तीन छोरा र एक श्रीमती रहेका छन्। विको परिवारसदस्यसँग टाढै रहँदै आएका थिए। घटना भएका बेला विकोका जेठो र कान्छो छोरा पनि घरमै थिए । घटनापछि फरार बनेका रविको खोजी तीव्र पारेको प्रहरीले कान्छो र जेठो छोरालाई भने नियन्त्रणमा लिएर घटनाको अनुसन्धान अघि बढाएको छ ।

विकोकी श्रीमती सुम्नीले विगतमा बावु र छोराबीच कुनै पनि विवाद नरहेको जानकारी दिइन्। प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा मदिरा सेवनका कारण घटना भएको खुलेको छ। यसक्रममा रवि र विको दुवैजनाले मदिरा सेवन गरेको पाइएको प्रहरीको भनाइ छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports