Incident Reports

श्रीमतीको हत्या गरेको अभियोगमा बाँकेमा एकजना पक्राउ   

2021-04-12

Lumbini, Banke, Baijanath, Ward 3

३१ चैत, काठमाडौं ।

कुटपिट गरी श्रीमतीको हत्या गरेको आरोपमा बाँकेबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।३२ वर्षीया श्रीमती लक्ष्मी बीसीको कुटपिट गरी हत्या गरेको अभियोगमा बैजनाथ गाउँपालिका–३ उत्तरलधौराका ४२ वर्षीय चक्रबहादुर बुढालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

चक्रबहादुरले घरायसी विवाद कारण लक्ष्मीलाई कुटपिट गरी गम्भीर घाइते बनाएको प्रहरीको भनाइ छ । कुटपिटबाट गम्भीर घाइते भएकी लक्ष्मीको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments