Incident Reports

हत्या घटनाका आरोपितलाई कारवाही नगरेको पीडित पक्षको आरोप

2021-04-05

Madhes, Bara, Kalaiya, Ward 9

कलैया उमनपा–९ रामपुर टेग्रहर टोलकी ५५ वर्षीया नेसा खातुनलाई ०७७ चैत २३ गते बाँसको लाठी, चिरपटलगायतले प्रहार गरी हत्या गरेको आरोपमा मृतकका छोरा तहौबर अन्सारीले चैत २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको भएपनि आरोपितहरूलाई कारवाही नगरेको भन्दै न्यायका लागि पहल गरिदिन इन्सेक बारा प्रतिनिधिलाई अनुरोध गर्नु भएको छ ।

प्रहरी र सरकारी वकिलको कार्यालयले आरोपितलाई कारवाहीका लागि तदारुकता नदेखाएको भन्दै पीडित पक्षले वैशाख १६ गते इन्सेक बारा प्रतिनिधि भोलानाथ पौडेललाई भेटेर न्यायका लागि पहल गरिदिन निवेदन दिएको हो ।

कलैया अस्पतालको पोष्टमार्टम प्रतिवेदनमा हत्या कसरी भयो भनी नखुलेकाले भिसेरा परीक्षण गर्न पठाइएको जिल्ला सरकारी वकिल जुद्धबहादुर आलेले बताउनु भएको छ ।उहाँले हत्या कसरी भयो भनी प्रमाण नपुगेकाले प्रमाण सङ्कलन गर्ने र फाइल बलियो बनाउने कार्य गरिरहेको बताउनु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी गौतम मिश्रले घटना अनुसन्धान भइरहेको बताउनु भयो । आफ्नै घर अगाडि ०७७ चैत २३ गते बिहान कुटाई सहन नसकी कराउँदै भुइँमा लडेर बेहोस भएको जानकारी पाउना साथ नेसा खातुनका ३१ वर्षीय छोरा तहौवर अन्सारी घटनास्थलमा पुगी बेहोस भएकी आमालाई उठाउन लाग्दा आरोपितहरूले उनलाई समेत घेरा हाली आक्रमण गरेको डिएसपी मिश्रले बताउनु भयो ।बाँसको लाठिले कुटपिट गर्दा उनको बायाँ आँखा, हात तथा शरीरका विभिन्न भागमा चोट लागेको थियो ।

घाइते नेसा खातुनलाई चैत २३ गते नै कलैया अस्पतालमा उपचारको क्रममा मृत्यु भयो । सोही दिन शवको कलैया अस्पतामा पोष्र्टमार्टम गरी मृतकका परिवारलाई शव बुझाएकोमा परम्परा अनुसार अन्तिम संस्कार गरेको पीडित पक्षले जनायो ।

कलैया उमनपा–९ रामपुर टोलका ५८ वर्षीय सुलतान अन्सारी, ४३ वर्षीय नुरैन अन्सारी, १९ वर्षीय समीर अन्सारी, २३ वर्षीय महम्मद जेड अन्सारी, २० वर्षीय प्रवेज अन्सारी, १९ वर्षीय इन्तेहाज अन्सारी, १९ वर्षीय सोहेल अन्सारी, ४० वर्षीया रुकसाना खातुन, ५५ वर्षीया गुलबानी खातुन र ३५ वर्षीया भूवरी खातुन मिलेर कुटपिट गर्दा नेसा खातुनको मृत्यु भएको आरोप छ ।सोही टोलका ३९ वर्षीया तबरेज अन्सारीले आरोपितहरूलाई भगाउन सहयोग गरेको पीडित परिवारको आरोप छ ।

आरोपितमध्ये १९ वर्षीय समीर अन्सारीलाई जिल्ला प्रहरी कार्यालयबाट खटेको प्रहरीले ०७७ चैत २३ गते घरमा लुकेर बसेको अवस्थामा जिल्ला प्रहरी कर्यालयको प्रहरीले गिरफ्तार गर्‍यो ।गुलबानी खातुनलाई आफ्नै घरमा लुकेर बसेको अवस्थामा जिल्ला प्रहरी कार्यालयबाट खटेको प्रहरीले चैत २४ गते बिहान गिरफ्तार गर्‍यो ।

त्यस्तै सुलतान अन्सारीलाई जिल्ला प्रहरी कार्यायको प्रहरीको सहकार्यमा पर्सा प्रहरीको सहयोगमा बीरगंजबाट ०७८ वैशाख ३ गते गिरफ्तार गर्‍यो ।गिरफ्तार परेका आरोपित तीन जनालाई ०७८ वैशाख १२ गते जिल्ला सरकारी वकिल कार्यालय र जिल्ला प्रहरीको समन्वयमा रिहा गरिएको छ । अन्य आरोपित फरार रहेका छन्।घटनाका साक्षी सोही टोका छिमेकी ३९ वर्षीय सोहराब अन्सारी, ३२ वर्षीय साबिर अन्सारी, २२ वर्षीय महमद तारिफ अन्सारी, २५ वर्षीय इन्ताज अन्सारी र २० वर्षीय अफजल अन्सारी रहेको पीडित परिवारका सदस्यले बताउनु भयो ।

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १२ बमोजिम १७७ दफाको उपदफा (१) र (२) बमोजिम कारवाही गर्न पहल गरिदिनका लगि इन्सेक बारा प्रतिनिधि पौडेलससँग पीडित पक्षले अनुरोध गरेको हो ।आरोपितहरू धनी र पहुँचवाला भएकाले कानुनी प्रक्रियामा गएमा ज्यान मार्ने धम्की दिएकाले पीडित परिवारका सदस्यको जिउधनको रक्षा र शान्ति सुरक्षा तथा न्यायका लागि पहल गरिदिनु हुन पीडित परिवरका तर्फबाट तरौबर अन्सारीले अनुरोध गर्नु भएको छ ।

इन्सेक प्रदेश २ कार्यालय, जनकपुरधाम

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Unclear
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
INSEC

0 Comments

Related Reports