Incident Reports

धनुषामा सडक विस्तारको विषयमा दुई पक्षबीच झडप हुँदा एक दर्जन व्यक्ति घाइते

2021-05-09

Madhes, Dhanusha, Sabaila, Ward 4

धनुषाको एक नगरपालिका दुई पक्षबीच झडप हुँदा एक दर्जन व्यक्ति घाइते भएका छन्।

सबैला नगरपालिका वडा नम्बर ४ पटेर्वामा दुई पक्षबीच झडप भएको हो।

सडक विस्तारको विषयमा विवाद हुँदा दुई पक्षबीच झडप भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए।

दुबै पक्षबीचको विवादले झगडाको रुप लिएपछि कुटाकुटसम्मको स्थिति आएको उनले बताए।

घाइतेहरुको नाम भने अझैसम्म खुल्न सकेको छैन।

घाइतेहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार ल्याइएको छ।

घटनामा संलग्न एक व्यक्तिलाई पक्राउ गरिएको डिएसपी मिश्रले जानकारी दिए। 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Unclear
Primary Cause Access/control of development infrastructure (roads, bridges)
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 6
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 12
Female Injured n/a
Youth Injured n/a
National/Online Media

0 Comments

Related Reports