Incident Reports

कुटाकुट हुँदा एक जनाको मृत्यु

2021-05-09

Province 1, Okhaldhunga, Khijidemba

विराटनगर / ओखलढुङ्गामा मादक पदार्थ सेवन (मापसे) गरेर दुई जनाबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ।

शनिबार राति ९ बजेतिर भएको घटनामा खजिदेम्बा गाउँपालिका–१ आरुबोटेका ६० वर्षीय महेशकुमार खड्काको मृत्यु भएको हो । प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी महेन्द्रकुमार श्रेष्ठका अनुसार ५० वर्षीय प्रेमबहादुर सुनुवारसँग खड्काको झगडा भएको थियो ।

कुटाकुटपछि गम्भीर घाइते भएका खड्काको घटनास्थलमै मृत्यु भएको एसपी श्रेष्ठले बताए । प्रहरीका अनुसार मापसे गरेर सुनुवार झगडा गर्न खड्काकै घरमा पुगेका थिए । दोहोरो कुटाकुटमा उनी पनि सामान्य घाइते भएका छन् । उपचारपछि उनलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Fight
Weapons Unclear
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Total Injured 1
National/Online Media

0 Comments

Related Reports