Incident Reports

काठमाडौंमा रेमिट्यान्सकी कर्मचारीमाथी चक्कु प्रहार गरी लुटपाट, एक पक्राउ

2021-05-11

Bagmati, Kathmandu, Budhanilakantha

काठमाडौंमा रेमिट्यान्स सञ्चालक युवतीमाथि चक्कु पहार गरी लुटपाट भएको छ।बूढानीलकण्ठ नगरपालिका १० बालुवाखानी साप्रेढुङ्गा नजिक रेमिट्यान्स सञ्चालन गरी बस्ने २० वर्षीया युवतीलाई चक्कु प्रहार गरी लुटपाट गरेको प्रहरीले जनाएको छ। रेमिटमा रहेको १ लाख ४ हजार ९ सय ४० रुपैयाँ लुटपाट भएको काठमाडौं प्रहरी परिसरले जनाएको छ लुटपाट अभियोगमा काठमाडौं भंगाल बस्ने कञ्चनपुर भाँसी घर भएका ३६ वर्षीय सन्तोष बिष्टलाई प्रहरीले पक्राउ गरेको छ। सन्तोषले ती युवतीलाई चक्कु प्रहार गरी घाईते बनाएर रेमिटबाट नगद लुटपाट गरेको प्रहरीले जनाएको छखबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। चक्कु प्रहारबाट घाइते भएकी उनलाई उपचारका लागि भंगाल करुणा अस्पताल पठाइएको र अवस्था सामान्य रहेको छ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Robbery/burglary/violent theft
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
National/Online Media

0 Comments

Related Reports