Incident Reports

बलात्कार बिरुद्ध उजुरी दिएको भन्दै प्राध्यापकले दिए महिलालाई धम्कि

2021-05-16

Bagmati, Kathmandu, Kirtipur

काठमाडौं । त्रीभुवन विश्वविद्यालय समाजशास्त्र विद्यार्थी फ्रन्टले समाजशास्त्र केन्द्रिय विभागका विभागिय प्रमुख डा. डम्बर चेम्जोङमाथी बलत्कारको आरोप लागेको भन्दै निष्पक्ष छानवीनको माग गरेका छन् ।समाजशास्त्र विद्यार्थी फ्रन्टका संयोजक जगत विकले विज्ञप्ति जारी गर्दै प्राध्यापक चेम्जोङमाथी लागेको यौन दुव्र्यवहारको आरोपमाथि निष्पक्ष छानविन हुनुपर्ने बताएका छन् ।

आफूलाई पिडीत भन्दै न्यायको शरणमा परेकी महिला कर्मचारीलाई निर्धक्क साथ कानुनी बाटो अपनाउन समाजशास्त्र विद्यार्थी फ्रन्टले आग्रह गरेको छ । विज्ञप्तीमा भनिएको छ,‘शक्ति केन्द्रको आडमा पिडीत भनिएकी महिलालाई उजुरी फीर्ता लिन दवाव दिने,अपशब्द प्रयोग गर्ने र उल्टै लाञ्छित गर्ने जस्ता अमर्यादित कार्यहरु भइरहेका छन् । यसप्रति गम्भिर ध्यानाकर्षण भएको छ ।’

यसअघि समाजशास्त्र /मानवशास्त्र विभागका पूर्व प्रमुखहरु प्रा डा.ओम गुरुङ, प्रा.डा. रामबहादुर क्षेत्री र प्रा.डा पदमलाल देवकोटाले घटनालाई मिलाउन दबाब दिँदै संयुक्त बक्तव्य जारी गरेका थिए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Threat/intimidation
Weapons None
Primary Cause Issues related to legal action and access to justice
Secondary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments