Incident Reports

पैसा नदिएको झोकमा पत्निको हत्या l

2014-07-21

Bagmati, Makawanpur, Indrasarowar

Pratap Bista मकवानपुरको मार्खु गाविस -३ का ५० वर्षीय सुकराम बोम्जनले ४० वर्षीया पत्नि हरिमाया बोम्जनलाई ०७१ साउन ५ गते घाँटीमा खुकुरी प्रहार गरी हत्या गरेका छन् । मादक पदार्थ सेवन गर्न पैसा माग्दा हरिमायाले पैसा नदिएको झोकमा खुकुरी प्रहारी गरी उनलाई घाइते बनाएका थिए । उपचारका निम्ति हरिमायालाई काठमाडौँ लैजाने क्रममा बाटोमा नै उनको मृत्यु भएको थियो । हरिमायाको मृत्यपश्चात गाउँलेले सुकरामलाई समातेर इप्रका पालुङमा बुझाएका थिए । सुकरामलाई थप अनुसन्धानका लागि इप्रका पालुङमा राखिएको छ । प्रताप विष्ट

0 Comments

Related Reports
Related Trend Analysis