Incident Reports

बोक्साको आरोप लगाउने विरुद्ध मुद्दा दर्ता l

2014-07-21

Province 1, Okhaldhunga, Sunkoshi, Ward 9

Shiva Prasad Dhungana कटुञ्जे गाविस­­­-३ का ६४ वर्षीय हिरालाल धमलालाई बोक्साको आरोप लगाएर कुटपिट गर्ने सोही ठाउँका ५४ वर्षीय दुर्गाबहादुर विक विरुद्ध जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गामा ०७१ साउन ५ गते मुद्दा दर्ता भएको छ । प्रहरीले पीडितको जाहेरीका आधारमा मुलुकी ऐन, अदलको महल १० को 'ख' अनुसार मुद्दा दर्ता गरेको हो । विकले भैँसी बिरामी भएको भनी पीडित धमलालाई झारफुक गर्न लगाइ पछि बोक्सो लागेर भैसीँ झन् बिरामी बनाएको भन्दै घरैमा बोलाएर ०७१ असार ३२ गते कुटपिट गरेको पीडितले बताए । पीडितले साउन २ गते जिल्ला प्रहरी कार्यालय, ओखलढुङ्गामा उजुरी गरेपछि आरोपित विकलाई ३ गते गिरफ्तार गरेर साउन ४ गते म्याद थपी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक डम्बरबहादुर विकले जानकारी दिए । शिवप्रसाद ढुङ्गाना

0 Comments

Related Reports
Related Trend Analysis