Incident Reports

चितवनमा एमाले कार्यकर्ताले जलाए प्रधानन्यायाधीशको पुत्ला :: Setopati

2021-07-12

चितवनमा नेकपा एमालेका कार्यकर्ताहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पुत्ला जलाएका छन्।नेकपा एमाले निकट युवा तथा विद्यार्थीहरुले भरतपुरको चौबीसकोठीमा भेला भएर जबराको पुत्ला जलाएका हुन्।

अनेरास्ववियू चितवनको संयोजनमा सोमबार साँझ गरिएको कोणसभा सम्पन्न भए लगत्तै युवा, विद्यार्थीले जबराको पुत्ला जलाएका थिए। सो क्रममा उनीहरुले प्रधानन्यायाधीशविरुद्ध चर्का नारा लगाएका थिए।कोणसभामा नेकपा एमालेका केन्द्रीय सदस्य कपिलदेव पोखरेल, भरतपुर महानगर कमिटी अध्यक्ष रामप्रसाद न्यौपाने, विद्यार्थी नेता प्रकाश आचार्यलगायतले बोलेका थिए। आजै सर्वोच्च अदालतले दोस्रो पटक संसद् पुनर्स्थापना गर्दै काँग्रेस सभापति शेरबहादुर देउवालाई २ दिनभित्र प्रधानमन्त्री बनाउन राष्ट्रपति कार्यालयको नाममा परमादेश जारी गरेको थियो। सो फैसलाविरुद्ध एमाले कार्यकर्ताहरु प्रदर्शनमा उत्रिएका हुन्। 


Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Other forms of non-violent protest
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments