Incident Reports

भीम रावललाई फोनबाट धम्की, निकाले यस्तो विज्ञप्ती

2021-07-14

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आफूलाई फोनबाट धम्की आएको बताएका छन् । एमाले एकतावद्ध बनाउँन आफुले खेलेको भूमिकालाइ लक्षित गर्दै केही राजनीतिक दलका नेताहरूबाट धम्की आएको खुलासा गरेका हुन् ।

उनले एक प्रेस विज्ञप्ती जारी गर्दै पार्टी मिलाउन आफूले अडानयुक्त पहल गर्दा षडयन्त्रमूलक ढंगले भारतीय गुप्तचरसँग भेटेको तथा केपी ओलीले कार्यवाहक अध्यक्ष बनाउने आश्वासन दिएको जस्ता कुप्रचार पनि बताएका छन् ।

रावलले आफूलाई कसले धम्की दिए भन्ने खुलाएका छैनन् । तर, एमाले विभाजन रोकिने पो हो कि भनी कतिपयलाई देखिने र बुझिने गरी लागिरहेको रिंगटाको पर्दा उघारी दिनुपर्छ कि जस्तो लागेको भन्दै सांकेतिक रूपमा खुलाएका छन्।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Threat/intimidation
Primary Cause Contestation between rival political parties outside elections
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments