Incident Reports

सर्वोच्च अदालतको आदेशबिरुद्ध युवा संघको मसाल जुलुस (तस्बिरहरु) – देशसञ्चार

2021-07-14

Bagmati, Kathmandu, Kathmandu

काठमाडौँ– नेकपा  एमालेका अध्यक्ष केपी शर्मा ओली निकट युवा संघले मसाल जुलुस निकालेको छ। काठमाडौँको प्रदर्शनी मार्गमा युवा संघले मसाल जुलुस निकालेको हो।

सर्वोच्च अदालतको आदेशविरुद्ध युवा संघले प्रदर्शन गर्दै आएको छ। सोमबार सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएको थियो।

सर्वोच्चको आदेशपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अनुसार देउवालाई मंगलबार प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन्।

ओली अदालतको आदेशबाट बहिर्गमन हुनुपरेपछि एमाले ओली समूहले त्यसविरुद्ध असन्तुष्टि जनाएको थियो। प्रदर्शनमा उत्रिएका युवा संघका कार्यकर्ताले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध पनि नारावाजी गरेका छन्।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments