Incident Reports

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता गिरफ्तार – इन्सेक

2021-07-10

Gandaki, Kaski, Pokhara Lekhnath, Ward 10

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका वैकल्पिक केन्द्रीय सदस्य कास्की रुपा गाउँपालिका–३ टाकान्जाका २६ वर्षीय प्रकाश बास्तोलालाई प्रहरीले असार २६ गते पोखरा महानगरपालिका–१० रङ्गशाला गेट अगाडिबाट गिरफ्तार गरेको छ ।विभिन्न व्यक्ति र व्यवसायीलाई धम्क्याउँदै रकम माग गरेको भन्दै बास्तोलाविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी परेपछि अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुभाष हमालले जानकारी दिनुभयो ।

आरोपितविरुद्ध असार २७ गते जिल्ला अदालत कास्कीमा म्याद थप गरी घटनाको अनुसन्धान अगाडि बढाइएको उहाँले जानकारी दिनुभयो ।

आरोपितको स्वास्थ्य परीक्षण असार २७ गते पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा गरिएको छ ।

कानुन विपरीतका कार्य नगर्न तथा विधिको शासनको पूर्ण पालना गर्नका लागि इन्सेकले स्थानीयस्तरदेखि राष्ट्रिय, क्षेत्रीय हुँदै संयुक्त राष्ट्रसङ्घसमक्ष आवाज उठाउँदै आएको छ ।

नेपाल सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबिच ०७७ फागुन २१ गते तीन बुँदे सहमति भएपछि सो को कार्यान्वयन नभएको भनी सो पार्टीले आरोप लगाइरहेका बेला बास्तोलाको गिरफ्तारी भएको छ ।

शान्तिपूर्ण राजनीतिक क्रियाकलाप तथा संवादमार्फत राजनीतिको मूलधारमा आउने नेकपाको राजनीतिक प्रतिबद्धताले नेपालको संविधानले अङ्गीकार गरेको शान्ति र लोकतान्त्रिक मर्म र भावना अझ सुदृढ हुने भनी इन्सेकले ०७७ फागुन २३ गते विज्ञप्ति जारी गरेको थियो ।

विज्ञप्तिमा सहमतिको तेस्रो बुँदामा उल्लेख गरिएको ‘कार्यकर्ता रिहाइ र सबै मुद्दा खारेज गर्न सहमत’ भएको भन्ने बुँदाप्रति इन्सेकले गम्भीर सरोकार रहेको जनाएको थियो ।

यसै सन्दर्भमा सो पार्टीका कार्यकर्ताले विभिन्न व्यक्ति र व्यवसायीलाई धम्क्याउँदै रकम माग गर्नु र राजनीतिक काममा लागेकालाई गिरफ्तार गर्नुले सहमति कागजमा मात्रै सीमित हुने त होइन भन्ने आशङ्का थपिएको छ ।

नेपाल सरकारले ०७५ फागुन २८ गते नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध लगाउने निर्णय गरेसँगै त्यस पार्टीबाट भएका हिंसात्मक तथा सरकारद्वारा हुन गएका हिंसात्मक गतिविधि नियन्त्रण गर्ने नाममा गरिएका गम्भीर प्रकृतिका मानव अधिकार उल्लङ्घनका घटनाको इन्सेकले अभिलेख राख्दै आएको छ ।

पीडितको न्यायको अधिकार सुनिश्चित गर्ने वातावरण तय गर्न र दण्डहीनता अन्त्यका लागि इन्सेकले सरोकारवाला पक्षसँग बारम्बार आग्रह गर्दै आएको छ ।

सिन्धुपाल्चोक जिल्लामा रहेर मानव अधिकार अभिलेख र प्रसारको काम गर्दै आउनुभएका नातिबाबु धिताल २०७८ असार महिनाको उत्कृष्ट प्रतिनिधि घोषित हुनु भएको छ । उहाँ जिल्लाका समसामयिक मानव अधिकार सवालमा पैरवी गर्न र समाचार लेख्न रुची राख्नु हुन्छ ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments