Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार – इन्सेक

2021-07-07

Gandaki, Kaski, Pokhara Lekhnath

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पोखरा महानगरपालिका–२२ ओखलेडाँडाका ३३ वर्षीय विश्वराज बास्तोलालाई असार २५ गते गिरफ्तार गरेको छ ।पीडितलाई आरोपितले विद्यालयमा दुर्व्यवहार गर्ने गरेको भन्दै पीडित पक्षले आरोेपितविरूद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा असार २३ गते उजुरी दियो ।

पीडितमा केही समयबाट झोक्राउने र कोहीसँग नबोली बस्ने जस्ता समस्या देखिएपछि पीडितका अभिभावकले उनलाई अस्पताल लगेपछि पीडितले दुर्व्यवहारको घटनाबारे बताएकी थिइन् ।घटना बाहिर आएपछि परिवार र गाउँले मिलेर आरोपितलाई असार २३ गते कुटपिट गरेका थिए ।

कुटपिट घटनाको जानकारी पाएपछि वडा प्रहरी कार्यालय छोरेपाटनको टोलीले बास्तोलालाई गण्डकी मेडिकल कलेजमा उपचारका लागि लगेको थियो ।घटनाको अनुसन्धान गर्दा दुर्व्यवहारको घटना बाहिर आएपछि पीडित पक्षलाई प्रहरीले आरोपितविरूद्ध उजुरी दिन लगाएका थिए ।

पीडित पक्षको उजुरीमा पीडितलाई आरोपितले पटकपटक दुर्व्यवहार गर्नुका साथै अश्लिल सन्देश पनि पठाउने गरेको उल्लेख रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुवास हमालले जानकारी दिनुभयो ।कुटपिटबाट घाइते भएका आरोपितलाई सामान्य उपचारपछि गिरफ्तार गरी जिल्ला अदालत कास्कीबाट सात दिनको म्याद थप गरेर घटनाको अनुसन्धान अगाडि बढाएको उहाँले बताउनुभयो ।पीडितको स्वास्थ्य परीक्षण असार २३ गते पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा गरिएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
INSEC

0 Comments