Incident Reports

१६ वर्षीया किशोरी बलात्कारको आरोपमा ९ जना पक्राउ | Ratopati

2021-09-07

Karnali, Surkhet, Panchpuri

सुर्खेतमा १६ वर्षीया किशोरी बलात्कारको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार इलाका प्रहरी बाबियाचौरले उनीहरुलाई पक्राउ गरेको हो । सुर्खेतका प्रहरी उपरीक्षक पदमबहादुर विष्टले पक्राउ पर्नेमा  पर्नेहरुमा बस काउण्टरमा काम गर्नेदेखि ड्राइभरसम्म रहेको जानकारी दिए । पक्राउ पर्नेमा  पञ्चपुरीका डम्बर वादी, गणेश वादी, युवराज शाही, शोभा शाही, बाबुराम पुरी, प्रेम बुढाथोकी, शेरबहादुर सार्की, ओम दर्लामी र प्रेमबहादुर शाही रहेका छन् । प्रहरीले जिल्ला अदालतबाट म्याद थप गरी उनीहरुमाथि अनुसन्धान भइरहेको विष्टले जानकारी दिए । चौकुने गाउँपालिका घर भइ पञ्चपुरी नगरपालिकामा बस्दै आएकी ती किशोरीले पटक–पटक विभिन्न व्यक्तिबाट आफूमाथि बलात्कार भएको भन्दै इलाका प्रहरी कार्यालय बाबियाचौरमा उजुरी दिएकी थिइन् । प्रहरीका अनुसार बलात्कृत किशोरीको पेटमा गर्भ समेत रहेको छ। प्रहरीले अभियुक्तहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाइएको छ । 


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 9
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments