Incident Reports

एमसिसी सम्झौता खारेजीको माग राखेर सिडिओ कार्यालय घेराउ | Nagarik News - Nepal Republic Media

2021-09-10

Bagmati, Chitawan, Bharatpur

अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्झौता खारेजीको माग राखेर जिल्ला प्रशासन कार्यालय चितवन घेराउ गरिएको छ। एमसिसी खारेजी अभियान संयुक्त संघर्ष समिति चितवनले एमसिसी सम्झौता विरोधी नारा र कालो झण्डा प्रदर्शन गर्दै शुक्रबार दिउँसो प्रशासन कार्यालय घेराउ गरेको हो।प्रदर्शनका क्रममा ‘राष्ट्रघाती सम्झौता खारेज गर’, ‘दलालहरु होसियार’ लगायतका नारा लगाइएको थियो। उनीहरुले गृहमन्त्री बालकृष्ण खाँणविरुद्ध पनि नारा लगाएका थिए। सिडिओ कार्यालय घेराउ गर्ने कार्यक्रमको सूचना पाएपछि बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो।

एमसिसी सम्झौताभित्र राष्ट्रघाती बुँदाहरु समेटिएकाले उक्त सम्झौता खारेज नै गर्नुपर्ने एमसिसी खारेजी अभियान संयुक्त संघर्ष समिति चितवनका अध्यक्ष फणिन्द्र आचार्यले बताए। ‘अमेरिकाले एमसिसी सम्झौता संशोधन गर्न नमिल्ने बताइसकेकाले अब त्यो खारेज गर्नुको विकल्प छैन,' उनले भने।एमसिसी सम्झौता खारेजीको माग राखेर संघर्ष समितिले केही दिनदेखि लगातार कार्यक्रम गर्दै आएको छ। चितवनबाट संघीय संसदमा निर्वाचित भएका तीन जना सांसदलाई एमसिसीविरुद्ध उभिने कुरा सार्वजनिक रुपमा घोषणा गर्न समितिले अल्टिमेटम दिएको छ।

   


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level Foreign State
Actor 2 - Youth na
National/Online Media

0 Comments