Incident Reports

बुटवलको ज्योतिनगरमा फेरि पहिरो, निरीक्षणमा गएका मेयरलाई दुर्व्यवहार- लुम्बिनी - कान्तिपुर समाचार

2021-09-20

Lumbini, Rupandehi, Butwal, Ward 3

बुटवल — पहिरो क्षेत्र अवलोकनमा गएका बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीमाथि दुर्व्यवहार भएको छ । सुरक्षाकर्मी र नगरपालिकाको टोलीसहित बुटवल–३ ज्योतिनगरको पहिरो अवलोकन गर्न गएका उनलाई स्थानीय एक युवकले हातपातको प्रयास गरेका हुन् । सुवेदीको सुरक्षामा खटिएको नगर प्रहरीको टोलीले आक्रमणमा उत्रिएका युवकलाई रोकेको थियो ।भारी वर्षाले पहिरो खसेपछि सोमबार बिहान मेयर सुवेदी अवलोकन गर्न पुगेका थिए । इलाका प्रहरी कार्यालयका प्रमुख डीएसपी मदन कुावरले आवेशमा आक्रमण गर्न आएका युवकलाई रोकेको बताए । पहिरोले सोमबार ९ घर क्षतिग्रस्त भएका छन् । अहिले पनि चुरेबाट भेलसहितको पहिरो खस्न रोकिएको छैन । ज्योतिनगर क्षेत्रमा यस वर्ष भदौ १३ गतेदेखि पहिरो खस्न सुरु गरेको हो । लगातारको वर्षाले चुरेबाट पहिरो खस्दा अहिलेसम्म यहाँका २७ घर क्षतिग्रस्त भएका छन् । स्थानीयले प्रभावित क्षेत्रमा सरकारले नहेरेको भन्दै आक्रोश पोख्दै आएका छन् ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth unknown
National/Online Media

0 Comments

Related Reports