Incident Reports

क्रियाशिल विवादमा मन्त्रीले गरे कार्यकर्तामाथि हातपात – देशसञ्चार

2021-09-21

काठमाडौँ – जिल्लाको क्रियाशिल सदस्यताको विवादलाई लिएर कांग्रेसका एक प्रदेश मन्त्रीले कार्यकर्तामाथि पार्टी कार्यालय सानेपामै हातपात गरेका छन्। कांग्रेसका तर्फबाट प्रदेश २ सरकारमा सहभागी महिला, वालबालिका, यूवा तथा खेलकूद मन्त्री वीरेन्द्रप्रसाद सिंह ले कार्यकर्तालाई हातपात गरेका हुन्। प्रत्यक्षदर्शी एक कांग्रेस नेताका अनुसार क्रियाशिल सदस्यताबारे पार्टी केन्द्रीय कार्यालयको प्राङ्गणमा छलफल हुँदै गर्दै मन्त्री सिंहले हातपात गरेका हुन्। अवस्था असामान्य भएपछि प्रहरीले हस्तक्षेप गरेर नियन्त्रणमा लिएको थियो। सिंह सर्लाही क्षेत्र नबर ४ को १ बाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्यसमेत हुन्। उनी गत जेठमा प्रदेश २ सरकारमा कांग्रेसका तर्फबाट सहभागी तीनमध्ये एक मन्त्री हुन्। क्रियाशिल सदस्यता विवाद समाधान नहुँदा सर्लाहीसहित १३ जिल्लाको नाम सार्वजनिक भएको छैन। प्रदेश २ का आठवटै जिल्लाको क्रियाशिल सार्वजनिक नहुँदा वडा अधिवेशनश अनिश्चित बनेको छ। अधिवेशन अनिश्चित भएसँगै नेता कार्यकर्ता काठमाडौँ केन्द्रित भएका छन्।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Contestation over non-elective positions and influence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth unknown
National/Online Media

0 Comments