Incident Reports

नेपालगञ्ज उपमहानगरको बोर्ड बैठकमा कुटाकुट – देशसञ्चार

2021-09-27

Lumbini, Banke, Nepalgunj

नेपालगञ्ज– नेपालगञ्ज उपमहानगरपालिकाको बोर्ड बैठकमा वडाध्यक्ष र कार्यपालिका सदस्यबीचमा हात हालाहाल भएको छ। कार्यपालिका सदस्य र वडाध्यक्षबीचको हानाहानमा वडा नम्बर ६ का अध्यक्ष समीरप्रताप सिंहको आँखामा चोट लागेको छ। चोटका कारण आफ्नो आँखा जँचाउन अस्पतालसमेत जानुपरेको वडाध्यक्ष सिंहले जानकारी दिए। कार्यपालिका सदस्यलाई खर्च गर्न दिइएको बजेट पारदर्शी रुपमा खर्च नभएको वडाध्यक्षहरुले गुनासो गरेपछि भएको विवाद हात हालाहालसम्म पुगेको बैठकमा सहभागी एक वडा अध्यक्षले बताए। यसअघिको बोर्ड बैठकले कार्यपालिका सदस्यले दलित, गरिब, विपन्न समुदायलाई १२ लाख रुपैयाँ खर्च गर्ने अख्तियारी दिएको थियो। उक्त बजेट पारदर्शी रुपमा खर्च नभएको वडा नं. ५ का अध्यक्ष कैफुलबराह जोलाहा र ७ नम्बरका अध्यक्ष जुम्मन खाँले उठाएपछि कार्यपालिका सदस्य देउमल सुनार प्रतिवादमा उत्रिएका थिए। सोही क्रममा कार्यपालिका सदस्य सुनार र वडाध्यक्ष जोलाहाबीचमा हात हालाहाल भएको हो। उनीहरुलाई छुट्याउने क्रममा वडा नं. ६ का अध्यक्ष सिंहको आँखामा चोट लागेको हो। नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता एवं वडा नं. १ का अध्यक्ष प्रमोद रिजालले कार्यपालिका सदस्यलाई खर्च गर्न दिइएको रकमका विषयमा विवाद भएको जानकारी दिए। बोर्ड बैठकमा मेयर धवलशमशेर राणा, उपमेयर उमा थापालगायत सबैको उपस्थिति रहेको थियो।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Contestation over non-elective positions and influence
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Government and civil servants at central level
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth unknown
Total Injured 1
National/Online Media

0 Comments