Incident Reports

Accused Rapist Acquitted | बलात्कारका आरोपितलाई अदालतद्वारा सफाइ |

2014-08-04

Madhes, Saptari, Saptakoshi

Saptari, Balatkar ka aropit lai adalat duwara safai Chitra Bahadur Bhujel aka Hit Kumar, 27, of Rupnagar VDC-5, who was in remand on charge of raping a 13-year-old girl, has been acquitted by the District Court on August 4. District Judge Nabaraj Dahal issued the verdict citing failure of the girl to appear at the hearing. The accused was remanded in Rajbiraj Prison on April 22. A driver by profession, Bhujel was accused of forcing the girl in his van with the number plate Sa 1 Ja 301 and raping her in a wheat field on Sitapur VDC-8 on March 28. Her medical checkup was conducted at Zonal Hospital in Rajbiraj Municipality-3 on March 30. Bhujel was arrested on March 30 and a case of rape was filed against him the next day. Manohar Kumar Pokharel एक १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा थुनामा रहेका रुपनगर गाविस-५ का २७ वर्षीय हितकुमार भनिने चित्रबहादुर भुजेलले अदालतबाट साउन १९ गते सफाइ पाएका छन् । पीडित अदालतमा उपस्थित भई बकपत्र नगरेको भन्दै जिल्ला न्यायाधीश नवराज दाहालको आदेशले आरोपितलाई कसुरबाट सफाइ दिने फैसला गरेको जनाएको छ । जिल्ला अदालतले आरोपितलाई पुर्पक्ष लागि वैशाख ९ गतेदेखि राजविराज कारागारमा थुनामा पठाएको थियो । पीडितलाई आरोपित म्याजिक भ्यानका चालक भुजेलले आफ्नो खाली रहेको स.१ज ३०१ नम्बरको म्याजिक भ्यानमा जबरजस्ती चढाई चैत १४ गते साँझ सीतापुर गाविस-८ स्थित गहुँबारी पुर्‍याई बलात्कार गरेको पीडितले आरोप लगाएकी थिइन् । पीडितको चैत १६ गते राजविराज नपा-३ स्थित अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो । प्रहरीले आरोपितलाई चैत १६ गतेे गिरफ्तार गरी चैत १७ गते जिल्ला प्रहरी कार्यालयमा जबरजस्ती करणी मुद्दा दर्ता गरेको थियो । मनोहरकुमार पोखरेल

0 Comments

Related Reports
Related Trend Analysis