Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी – इन्सेक

2021-10-23

Gandaki, Tanahun, Byas, Ward 2

४३ वर्षीया महिलालाई सामाजिक सञ्जाल प्रयोग गरी अश्लिल सन्देश पठाएर दुव्र्यवहार गरेको भन्दै व्यास नपा–२ का ४३ वर्षीय पदम खनालविरुद्ध कात्तिक ५ गते नेपाल प्रहरीको केन्द्रीय साइबर अपराध व्युरोमा पीडितले दिएको उजुरी दर्ता भएको छ ।

पीडितलाई आरोपितले ०७७ फागुन ३ गतेदेखि पटकपटक अश्लिल खाले सन्देश पठाउने तथा भिडियो कल गरेको भन्दै पीडितले आरोपितविरुद्ध इमेलमार्फत प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो अन्तर्गतको साइबर व्युरोमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज तिमल्सिनाले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो ।

नेपाल शिक्षक सङ्घ तनहुँका सचिव समेत रहेका आरोपितले शिक्षक सरुवा गराउन पहल गरेबापत पुरुष शिक्षकसँग आर्थिक रकम माग गर्ने र महिला शिक्षकसँग यौन सम्पर्कको प्रस्ताव राख्ने गरेको आरोप लागेको छ ।

उजुरीसँगै खनालले पठाएको सन्देशको स्क्रिन सर्टहरू प्रमाणको रूपमा पेश गरिएको पीडितले बताएकी छन् ।

कञ्चनपुर जिल्लामा रहेर मानव अधिकार अभिलेख र प्रसारको काम गर्दै आउनुभएकी लिली कुँवर २०७८ असोज महिनाको उत्कृष्ट प्रतिनिधि घोषित हुनु भएको छ । उहाँ जिल्लाका समसामयिक मानव अधिकार सवालमा पैरवी गर्न र आर्थिक, सामिजक तथा सांस्कृतिक अधिकारका विषयमा समाचार लेख्न रुची राख्नु हुन्छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Other types of GBV
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments