Incident Reports

वडाध्यक्षले आफूमाथि कुटपिट गरेको बाराका एक प्रधानाध्यापकको आरोप – Online Khabar

2021-09-24

Madhes, Bara, Prasauni, Ward 6

१० कात्तिक, वीरगञ्ज । बाराको प्रसौनी गाउँपालिकास्थित एक विद्यालयका प्रधानाध्यापकले वडाध्यक्षले आफूमाथि कुटपिट गरेको आरोप लगाएका छन् । प्रसौनी–६ स्थित नेपाल राष्ट्रिय मावि बेलहियाका प्रधानाध्यापक पवन सिंहले वडाध्यक्ष वृजकिशोर कुशवाहाले आफूलाई कुटपिट गरेको दाबी गरेका हुन् ।

वडाध्यक्ष कुशवाहाले कार्यालयमै थुनेर कुटेको प्रधानाध्यापक सिंहको दाबी छ । घटनापछि वीरगञ्जको नारायणी अस्पतालमा उपचार गराएर फर्केको उनले बताए । स्रोतका अनुसार वडाध्यक्ष कुशवाहा र सिंहबीच दुई वर्षदेखि नै त्यति राम्रो सम्बन्ध थिएन ।

दुई वर्षअघि प्रधानाध्यापक सिंह सरुवा भएर विद्यालय जाँदा वडाध्यक्ष कुशवाहाले हाजिर गर्न दिएका थिएनन् । उनी बल्लतल्ल हाजिर भएका थिए । सिंहले वडाध्यक्ष कुशवाहाले आफूसँग पैसा दिनु भनेर माग्ने गरेको आरोप समेत लगाएका छन् । तलब, भत्ता र भवन निर्माण लगायत विद्यालयमा शिक्षक तोकेरै पैसा आउनेबारे उनले वडाध्यक्ष कुशवाहालाई जानकारी गराएको र यसैको रिसइबी साँधेको उनको आरोप छ ।

असोज ८ गते आफू, शिक्षक र कर्मचारीहरुबीच बैठक बसिरहेको बेला वडाध्यक्ष कुशवाहा आएर सबैलाई बाहिर निस्कन भनेको उनले बताए । त्यसपछि एकछिनमा ५–६ जना युवकहरु लिएर आएर आफूमाथि सिधै कुटपिट गरेको सिंहले बताए । त्यसक्रममा आफ्नो मोबाइल पनि खोसिएको उनको भनाइ छ । कुटाइबाट नाकबाट रगत बग्न थालेपछि आफू अस्पताल गएको प्रधानाध्यापक सिंहले बताए ।

चिकित्सकले नाकको हड्डी भाँचिएको, बायाँ कानमा रगत जमेको र जाली फुटेको भनेको सिंहले बताए । घटनाका विषयमा प्रहरीमा मौखिक जानकारी गराएको भएपनि लिखित जाहेरी दिन नपाएको सिंहको भनाइ छ ।

विद्यालयका शिक्षकहरुले विज्ञप्ति निकाल्दै दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।

वडाध्यक्ष कुशवाहाले भने आफूले प्रधानाध्यापक सिंहमाथि कुटपिट गरेको आरोप झुटो भएको बताएका छन् । अघिल्लो दिन विद्यालयमा प्रधानाध्यापक नगएको र शिक्षकहरुले नपढाएको जानकारी पाएपछि त्यसदिन आफू विद्यालय गएको उनको दाबी छ ।

‘विद्यालय दिउँसै बन्द हुन थालेपछि के भएको रहेछ भनेर बुझ्न गएको हुँ । पढाइ दुई दिनदेखि बन्द थियो, शिक्षकले दशैंमा पनि तलब पाएको छैन,’ उनले भने, ‘पढाइ सकेर मिटिङ बस्नुपर्ने उनीहरु दिउँसो १ बजे नै बैठकमा थिए । विद्यार्थीहरु घर फर्किरहेका थिए । शिक्षकलाई किन यस्तो गर्नुहुन्छ तलब ढिलोचाँडो पाइहाल्नुहुन्छ । पढाउनुस् भनेको हुँ ।’ प्रधानाध्यापकलाई विद्यार्थीले कुटेको र आफूले उल्टै विद्यार्थीलाई शान्त पारेको उनले दाबी गरे ।

प्रधानाध्यापक सिंह नियमित विद्यालय नआउने गरेको र २० लाख रुपैयाँ रकम हिनामिना गरेको आरोप उनको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth unknown
Total Injured 1
National/Online Media

0 Comments

Related Reports