Incident Reports

गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच बैठकमै कुटाकुट, अध्यक्षको दाँत भाँचियो- प्रदेश २ - कान्तिपुर समाचार

2021-12-07

Madhes, Saptari, Chhinnamasta

काठमाडौँ — सप्तरीको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष सूर्यनारायण मण्डल र उपाध्यक्ष उषाकुमारी मण्डलबीच कार्यपालिका बैठकमै कुटाकुट भएको छ । यसक्रममा अध्यक्ष मण्डलका दुईवटा दाँत नै भाँचिएको स्थानीय प्रत्यक्षदर्शीहरूले बताए ।किसानका लागि अनुदान अन्तर्गतको गहुँको बिउ वितरणबारे गाउँ कार्यपालिका कार्यालयमा विवाद हुँदा दुई जनप्रतिनिधिबीच हात हालाहाल भएको हो । कुटाकुटको क्रममा अध्यक्षका दुई दाँत भाँचिएको बैठकमा सहभागी एक वडाध्यक्षले बताए ।

उपाध्यक्षले अध्यक्षको आक्रमणबाट हातका चुरा फुटेको र चोट लागेको समेत बताएकी छन् । यस घटनाबारे अध्यक्ष मण्डलसँग सम्पर्क हुन सकेन ।छिन्नमस्ता गाउँपालिकामा पछिल्लो २ आर्थिक वर्षदेखि गाउँसभा हुन नसक्दा विकास निर्माणका काम पनि ठप्प छन् । कर्मचारीले समेत महिनौंदेखि तलब खान पाएका थिएनन् । एक साताअघि मात्रै गत आर्थिक वर्षको गाउँसभा भएको थियो ।

तर अध्यक्ष र उपाध्यक्षबीच बजेट वितरणलाई लिएर सार्वजनिक रुपमै विवाद हुँदै आएको छ । उक्त गाउँपालिकामा अध्यक्ष मण्डलले तत्कालीन नयाँ शक्तिबाट चुनाव जितेका थिए भने उपाध्यक्ष मण्डलले तत्कालीन राष्ट्रिय जनता पार्टीबाट जितेकी थिइन् ।

तर उनीहरू दुवै हाल दुई अलग पार्टीमा पुगेका छन् । अहिले अध्यक्ष जसपामा छन् भने उपाध्यक्ष लोकतान्त्रिक समाजवादी पार्टीमा छिन् । अध्यक्ष मण्डल भने यसअघि पनि गाउँलाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने क्रममा पनि विवादमा तानिएका थिए ।

काठमाडौँ — कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरूले साझा उम्मेदवारीका विषयमा चरणवद्ध छलफलपछि बुधबार जिल्ला र प्रदेशका आफूपक्षीय नेताहरूसँग छलफल गर्ने भएका छन् ।

मंगलबार नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बसेको बैठकले बुधबार जिल्ला र प्रदेशका नेताहरूसँग साझा उम्मेदवारी चयनबारे छलफल गर्ने निर्णय गरेका हुन् ।‘आजको छलफल एकदमै सकारात्मक छ, अब केन्द्रमा कसलाई साझा उम्मेदवार बनाउँदा जित्न सहज हुन्छ ? भन्नेबारे अहिले निर्वाचित जिल्ला सभापतिहरू र ६ वटै प्रदेशका निर्वाचित र प्रत्यासीहरूसँग छलफल गरेर टुंगोमा पुग्छौँ,’ ती नेताले भने ।जिल्ला र प्रदेशका नेताहरुले बुधबार जिल्लाको माहोल र मतदाताको संख्या तथा कसले जित्न सक्छ भन्ने विषयमा धारणा राख्नेछन् । त्यसका आधारमा सभापतिका आकांक्षीहरुबीचबाट साझा उम्मेदवार खोजिने ती नेताको भनाइ छ ।मंगलबारको बैठकपछि वरिष्ठ नेता पौडेलले भने साझा उम्मेदवारको विषय टुंगिएको, र त्यसको केही प्रक्रिया पूरा गरेर बुधबार सार्वजनिक गर्ने बताएका थिए । मंगलबारको बैठकमा युवा नेताहरूले नेताहरूले मिलेर अघि बढ्न दबाब दिएका थिए ।

मंगलबार नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बसेको बैठकले बुधबार जिल्ला र प्रदेशका नेताहरूसँग साझा उम्मेदवारी चयनबारे छलफल गर्ने निर्णय गरेका हुन् ।

‘आजको छलफल एकदमै सकारात्मक छ, अब केन्द्रमा कसलाई साझा उम्मेदवार बनाउँदा जित्न सहज हुन्छ ? भन्नेबारे अहिले निर्वाचित जिल्ला सभापतिहरू र ६ वटै प्रदेशका निर्वाचित र प्रत्यासीहरूसँग छलफल गरेर टुंगोमा पुग्छौँ,’ ती नेताले भने ।

जिल्ला र प्रदेशका नेताहरुले बुधबार जिल्लाको माहोल र मतदाताको संख्या तथा कसले जित्न सक्छ भन्ने विषयमा धारणा राख्नेछन् । त्यसका आधारमा सभापतिका आकांक्षीहरुबीचबाट साझा उम्मेदवार खोजिने ती नेताको भनाइ छ ।

मंगलबारको बैठकपछि वरिष्ठ नेता पौडेलले भने साझा उम्मेदवारको विषय टुंगिएको, र त्यसको केही प्रक्रिया पूरा गरेर बुधबार सार्वजनिक गर्ने बताएका थिए । मंगलबारको बैठकमा युवा नेताहरूले नेताहरूले मिलेर अघि बढ्न दबाब दिएका थिए ।

महिला अधिकार मञ्च, बाँकेका रुबी खानलगायत १४ जनाको समूह निर्मला कुर्मी र नन्कुन्नी धोबीको न्यायका लागि केही समययता निरन्तर संघर्षरत छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Weapons None
Primary Cause Contestation over non-elective positions and influence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Total Injured 2
Female Injured 1
Youth Injured n/a
National/Online Media

0 Comments