Incident Reports

नेपाली कांग्रेसका कार्यकर्ताद्वारा नेकपा एमालेका कार्यकर्तामाथि कुटपिट

2022-05-08

Lumbini, Arghakhanchi, Sitganga, Ward 13

शितगंगा नगरपालिका–१३ सिमलपानी मुसीवान टोलमा नेपाली कांग्रेसका कार्यकर्ता २७ वर्षीय नारायण खासु मगर र पमबादुर बिसीले वैशाख २५ गते  नेकपा एमालेका कार्यकर्ता २९ वर्षीय  गणेश बिसीलाई कुटपिट गरेका छन् । नेपाली कांग्रेसका कार्यकर्ता रातीमा मतदातालाई रूपियाँ बाढ्न हिडेको अवस्थामा गणेश र छिमेकी श्याम बिसीले बिरोध गरेपछि कुटपिट गर्दा घाँटीमा चोट लागेको गणेशका बुवा  रिषीराम भाटले बताउनु भयो । गणेशलाई कुटपिट गर्दै घाँटी अठ्याए पछि श्याम गुहार माग्दै गाँउलेलाई बोलाए पछि आरोपितहरू भागेका थिए । गाउँलेहरू घटनाका बारेमा प्रहरीलाई खबर गरे पछि उपचारका लागि एम्बुलेन्स बोलाएर कपिलवस्तु सिएमसी अस्पतालमा लगिएकोमा त्यहाँ उपचार हुन नसके जितगढी एडमन सिटी अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर शंकर खड्काले झगडा भएको खबर पाए लगत्तै प्रहरी घटनास्थलमा पुगेर घाइतेलाई उपचारका लागि लैजान सल्लाह दिइएको बताउनु भयो । शितगंगा नगरपालिका–१३ गठबन्धनका महिला वडा सदस्य उम्मेदवार जुना सोमैका अनुसार रुपियाँ बाढेको कुरा झुटो भएको र दूबै पक्षका साथीहरू हुन् । केही विवाद हुँदा झगडा भएको हुन  सक्छ । प्रत्यक्षदर्शी  देबीप्रसाद अधिकारीका अनुसार हाँसो ठट्टामै धकेला धकेल गरेर पल्टिदा घटना भयो । पीडितका बुवाले आरोपित विरूद्ध वैशाख २६ गते इलाका प्रहरी कार्यालय ठाडामा उजुरी दिएका छन् ।



Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Election-related incident
Secondary Cause Contestation between Parties
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth unknown
Total Injured 1
INSEC

0 Comments