Incident Reports

सिन्धुपाल्चोकको पाँचपोखरीमा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप, गुन्सा तनावग्रस्त

2022-05-19

Bagmati, Sindhupalchok, Panchpokhari Thangpal, Ward 5

सिन्धुपाल्चोक — मतगणनाको विषयमा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा पाँचपोखरी थाङपाल गाउँपालिका–५, गुन्सा क्षेत्र तनावग्रस्त बनेको छ । दुवै पक्षबीच कुटाकुट र ढुंगामुडा हुन थालेपछि स्थानीयको गुहारमा झडपलाई रोक्न गुन्सा क्षेत्रमा चारैतिर सुरक्षाकर्मी फैलिएका छन् । बुधवार मत गणनाको क्रममा तीन मत हराएको र चार वटा मतपत्रको अर्धकट्टी नै नभएको पाइएपछि पुन मतगणना गर्नुपर्ने माग राख्दै कांग्रेससहित अन्य दलका कायकर्ताले मतगणनालाई रोकेका थिए । यही विवादबीच त्रासका कारण सहायक मतदान अधिकृत र एक गणक सुटुक्क हिँडेका थिए । प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालकाअनुसार दुवै पक्षबीचको कटुभावले झडप भएको र सुरक्षाको लागि घटनास्थलमा सुरक्षाकर्मी खटाइएको छ । बुधवार घटनास्थलमा प्रजिअ खनाल, निर्वाचन अधिकारीको टोली पुगेर विवाद मिलाएको थियो । सोक्रममा वडामा हराएको तीन मतबारे सहमति गराई मतगणना सम्पन्न गरिएको थियो । ‘मत गणना पाँचपोखरी थाङपाल गाउँपालिका भवनमा शान्तिपूर्वक भइरहेको छ, यसले त्यहाँ असर नगरेपनि झडपलाई नराम्रो रुप लिन नदिन सर्तकता अपनाइएको हो,’ प्रमुख जिल्ला अधिकारी खनालले भने । उनका अनुसार वडा नं. ५ मा १५ मतान्तरले एमालेका काले गोले विजयी भएका छन् ।

त्यही विषयले यहाँ तनावको स्थिति सिर्जना भएको हो । कांग्रेस क्षेत्र न २ का महाधिवेशन प्रतिनिधि कालिका गोलेकाअनुसार बिहीवार बिहान गुन्साबाट गाउँपालिका भवनतिर जाँदै गरेका कांग्रेसका एक कार्यकर्तालाई एमालेका कार्यकर्ताको समुहले बाटो छेकेर कुटपिट गर्दै मोटरसाइकल तोडफोड गरेका थिए । त्यसपछि झडपको स्थिति बनेको थियो । पछि कांग्रेसका कार्यकर्ताले एमालेबाट नवर्निवाचित वडाध्यक्ष गोलेको घरमा ढुंगामुडा र तोडफोड गरेका थिए । एमाले र कांग्रेस कार्यकर्ताबीच झडप भएपछि त्यसक्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए । ‘आहिले झडप धेरै हदसम्म शान्त भइसकेको अवस्था छ, नवर्निवाचित वडाध्यक्षको घरमा ढुंगामुडा र तोडफोड भएको कुरा छ, ती समुहलाई पनि खोजिरहेका छौँ,’ उनले भने । यसअघि मतदानको दिन यहाँ एमाले, राप्रपा लगायत दलले बुथ कब्जा गरेको आरोप लागेको थियो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Assault (large group)
Weapons Blunt weapon
Primary Cause Election-related incident
Secondary Cause Contestation between Parties
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation Nepali Congress and affiliated org
Actor 2 - Youth unknown
Totally damaged Vehicles 1
National/Online Media

0 Comments