Incident Reports

घरेलुहिंसा पीडित महिलाद्वारा प्रहरीमा उजुरी

2022-06-11

Karnali, Kalikot, Palata, Ward 4

पँलात गाउँपालिका–४ की २० वर्षीया इश्वरा वुढाले आफूलाई २२ वर्षीय पति श्रृष्ठराज बुढाले घर निकाला गरेको भन्दै जेठ ३० गते जिल्ला प्रहरी कार्यालय, कालिकोटमा उजुरी दिनुभएको छ । आरोपितले जेठ १५ गते अर्काे विवाह गरी काठमाण्डौ राखेर घरमा आएपछि कान्छि पत्नी घरमा ल्याउछु भन्दै नाबालक छोरासहित जेठ २८ गते राती कुटपिट गरी घर निकाला गरेको पीडित बुढाले इन्सेक प्रतिनिधिलाई बताउनु भएको छ । पीडितले आरोपितको फोटोसहित निवेदन दिएपछि अनुसन्धानका लागि खोजी भइरहेको कालिकोट प्रहरी प्रमुख डीएसपी सिद्धराज न्यौपानेले बताउनुभयो । घर निकाला भएकी पीडितले कानुनी प्रक्रियामा जान आर्थिक समस्या भएको भन्दै इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतलाई सहयोगका लागि निवेदन दिनु भएको छ । पतिको कुटपिटबाट सामान्य घाइते भएकी पीडितको जेठ ३० गते जिल्ला अस्पताल, कालिकोटमा भएको स्वास्थ्य व्यवस्थापन कार्यालय कालिकोटले जानकारी गराएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
INSEC

0 Comments