Incident Reports

गभर्नर अधिकारीविरुद्ध माइतीघरमा युवा-विद्यार्थीको प्रदर्शन- उपत्यका - कान्तिपुर समाचार

2022-07-13

Bagmati, Kathmandu, Kathmandu

काठमाडौँ — नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) र योङ कम्युनिस्ट लिग (वाइसीएल) ले गभर्नर महाप्रसाद अधिकारीको बर्खास्तगी माग गर्दै माइतीघरमा प्रदर्शन गरेका छन् । 

संगठनले अधिकारी नैतिक रुपमा गभर्नरको पदमा बसिरहन नमिल्ने भन्दै बुधरबारदेखि सडक संघर्ष सुरु गरेका हुन् ।नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारी नेकपा एमालेको अर्थ तथा योजना विभाग सदस्य बनेको खुलासा भएसँगै संसद् र सडकमा उनीमाथि छानबिन, राजीनामा र बर्खास्तको माग उठेको हो ।

यसअघि अखिल (क्रान्तिकारी)का अध्यक्ष पञ्चा सिंहले विज्ञप्ति जारी गर्दै गभर्नर अधिकारीको राजीनामा माग गरेकी छन् । गभर्नर अधिकारी एमालेको अर्थ, योजना विभागको सदस्य रहेको भन्दै क्रान्तिकारीले उनलाई बर्खास्त गर्न सरकारसँग माग गरेको हो ।




Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people N
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments