Incident Reports

त्रिविमा नेविसंघ र अनेरास्ववियुबीच झडप, एक प्रहरीसहित दुई विद्यार्थी घाइते

2022-08-28

Bagmati, Kathmandu, Kirtipur

त्रिभुवन विश्वविद्यालयमा नेपाल विद्यार्थी संघ र अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनआबद्ध विद्यार्थीहरुबीच झडप भएको छ। गत शुक्रबार नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्का महत्वपूर्ण कागजातहरु नियन्त्रणमा लिएर शिक्षामन्त्रीलाई बुझाएपछि त्रिवि रजिस्ट्रारको कार्यालयले शनिबार सुरक्षाको माग गरेको थियो। आइतबार बिहान त्रिवि उपकुलपतिले पत्रकार सम्मेलनको आयोजना गर्न खोज्दा अनेरास्ववियुलाई मात्रै प्रवेश दिएको र नेविसंघलाई प्रवेश निषेध गरेपछि नेविसंघले त्यसको विरोध गर्दा अनेरास्ववियु र नेविसंघ कार्यकर्ताबीच झडप भएको नेविसंघ त्रिविले आरोप लगाएको छ। झडपमा परि एक प्रहरी निरीक्षकसहित दुई नेविसंघ विद्यार्थी घाइते भएको नेविसंघ त्रिविका कार्यकारी अध्यक्ष गणेश भण्डारीले नेपाल लाइभलाई जानकारी दिएका छन्। नेविसंघले प्रश्न पत्र दोहोरिएको, समयमै परीक्षा नलिएको र परीक्षाफल समेत समयमै प्रकाशन नगरेको भन्दै त्रिवि रजिस्ट्रार कार्यालयदेखि विभिन्न ठाउँमा तालाबन्दी गरिरहेको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Blunt weapon
Primary Cause Contestation over non-elective positions and influence
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Nepali Congress and affiliated org
Actor 2 - Youth na
Total Injured 3
National/Online Media

0 Comments