Incident Reports

पतिको खुकुरी प्रहारबाट पत्नी गम्भीर घाइते l

2014-09-08

Shekhar Dhakal भरौल गाविस - ५ की ४३ वर्षीया दीपा राईलाई ४५ वर्षीय पति धनबहादुर राईले भदौ २३ गते साँझ खुकुरी प्रहार गरी घाइते बनाएका छन् । पतिको खुकुरी प्रहारबाट हात र टाउकामो गम्भीर चोट लागेकी राईको धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको इलाका प्रहरी कार्यलय महेन्द्रनगरका इन्स्पेक्टर राम ढकालले बताए । सामान्य घरायसी विवादमा धनबहादुरले दीपालाई खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । खुकुरी प्रहार गरी आरोपित फरार रहेकाले उनको खोजी भइरहेको इन्स्पेक्टर राम ढकालले बताए । शेखर ढकाल

0 Comments

Related Reports
Related Trend Analysis